काठमाडौं, कार्तिक १० (नेपालनीति) । प्रधानमन्त्री ओली पत्नी राधिका शाक्यसहित राष्ट्रपति भवन शीतल निवास पुगेर राष्ट्रपतिको हातबाट टीका र जमरा ग्रहण गरेका हुन्। राष्ट्रपतिले जमराको माला पनि लगाइदिएकी थिइन्। टीका लगाउने क्रममा सबैले मास्क लगाएका थिए। कोरोनाभाइरस संक्रमण महामारीका कारण यस वर्ष राष्ट्रपति र प्रधानमन्त्रीले सर्वसाधारणलाई टीका लगाउने कार्यक्रम भने रद्द...
काठमाडौं, कात्तिक ५ (नेपालनीति) . नेपाल कम्य’निःट पार्टीले सरकारविरुद्ध विभिन्न कार्यक्रम गर्ने घोषणा गरेको छ. नेत्रविक्रम चन्द (विप्लव)द्धारा हःताक्षर गरिएको प्रेस विज्ञप्तिमा सरकारले कोरोनाको परीक्षणमा पनि श’ल्क लिने निर्णय गरेको, जनताको स्वास्थ्यमा खेलवाड गरेको र सत्ताको आडमा भ्रष्टाचार गरेको भन्दै यही कात्तिक १५ गतेदेखि २० गतेसम्म संघर्षका कार्यक्रम सार्वजनिक गरेको...
काठमाडौं, (नेपालनीति) । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ुप्रचण्डु छलफलमा जुटेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्रीसमेत रहेका ओली र अध्यक्ष प्रचण्डबीच अहिले छलफल भइरहेको छ। केही समययता मन्त्रिपरिषद् पुनर्गठन र पार्टी एकताका बाँकी कामलाई पूर्णता दिने विषयमा अध्यक्षद्वय छलफलमा नै छन्। तर, निष्कर्ष भने निस्किन...
काठमाडौँ, असोज २० (नेपालनीति)। प्रदेश सभाले प्रदेश ५ को स्थायी राजधानी दाङको देउखुरी क्षेत्रलाई बनाउने निर्णय गरेसँगै जिल्लामा खुसीयाली छाएको छ । विभिन्न स्थानमा बाजागाजासहित नाचगान गर्नुका साथै दीप प्रज्वलन गरी प्रदेश राजधानीको स्वागत गरिएको छ । दाङ प्रादेशिक राजधानी सरोकार समितिले घोराहीमा बाजागाजासहित प्रदर्शन गरेको छ । प्रदेशको भावना...
रुपन्देही, असोज १६ (नेपालनीति)। प्रदेश ५ को राजधानी दाङ बनाउने प्रस्ताव प्रदेश सभामा पेश भएको छ । आज बसेको बैठकमा प्रदेशका आन्तरिक मामिला मन्त्री कुलप्रसाद केसीले सो प्रस्ताव पेस गरेका हुन् । प्रदेश सरकारले बैठकमा राजधानी र नामांकरण निर्धारणसम्बन्धी कार्यविधि पेश गरेर सो प्रस्ताव अघि बढाउन लागेको हो ।...
काठमाडौं, असोज १४ (नेपालनीति) । राष्ट्रियसभामा राष्ट्रपतिद्वारा मनोनीत सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई मन्त्री सहितका संवैधानिक पदमा जान नदिन सर्वोच्च अदालतमा दायर रिटमाथिको सुनुवाइ हेर्दा हेर्दैमा राखिएको छ । बुधबार बसेको संवैधानिक इजलासमा बहस नटुंगिएपछि यसलाई हेर्दाहेर्दैमा राखिएको हो। प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणासहितको पाँच सदस्यीय संवैधानिक इजलासमा उक्त...
काठमाडौं, असोज १२ (नेपालनीति) । एसिड आक्रमणका दोषीहरूलाई कडा कारवाही गर्ने व्यवस्थासहितको कानूनी व्यवस्था गर्न सरकारले अध्यादेश जारी गरेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले आज एसिड तथा अन्य घातक रासायनिक पदार्थ नियमन अध्यादेश २०७७ र फौजदारी कसुर तथा फौजदारी कार्यावधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश जारी गरेकी हुन्। एसिड...
काठमाडौं, असोज १२ (नेपालनीति) । महत्वपूर्ण मन्त्रालयको भागबन्डामा किचलो हुँदा मन्त्रिपरिषद् पुनर्गठनमा ढिलाइ भएको छ । प्रधानमन्त्री एवं सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच सरकार पुनर्गठनका विषयमा निरन्तर छलफल भए पनि भागबन्डामा सहमति हुन नसक्दा पुनर्गठनमा ढिलाइ भएको हो । पुनर्गठनबाट हट्न...
काठमाडौं, असोज ५ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा मनोनित गर्ने निर्णय बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले गौतमलाई राष्ट्रिय सभामा मनोनित गर्ने राष्ट्रपति कार्यालयको भदौ २९ को निर्णय बदर गर्न माग गर्दै रिट निवेदन दायर गर्नुभएको...
असोज ३, २०७७(नेपालनीति) । संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ५ सय ९४ जनालाई विभूषण प्रदान गर्नुभएको छ । मन्त्रिपरिषद्को सिफारिसका आधारमा भण्डारीले विभूषण प्रदान गर्नु भएको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । मानपदवीतर्फ सु(प्रसिद्ध प्रबल जनसेवा प्रथम १, प्रसिद्ध प्रबल जनसेवा द्वितीय ४, सुकीर्तिमय राष्ट्रद्वीप तृतीय...