एजेन्सी, असोज ३ (नेपालनीति) । इन्डियन प्रिमियर लिग (आईपीएल) को १३ औं सिजन आजबाट युएईमा सुरु हुँदै छ। पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डियन्स र चेन्नई सुपर किङ्सबीच अबुधावीमा प्रतिष्पर्धा हुँदैछ। प्रतियोगिताको इतिहासमा यी दुई टिमबीच चौथो पटक ओपनिङ भिडन्त हुन लागेको हो। दुई टिमबीच भएका अघिल्ला तीन ओपनिङ भिडन्तमा...
काठमाडौं, भदौ २४ (नेपालनीति) । नेपाली लेग स्पीनर सन्दीप लामिछाने आबद्ध टीम जमैका तलावास क्यारेबियन प्रिमियर लिग सीपीएल टी–ट्वान्टी क्रिकेटको सेमिफाइनलबाटै बाहिरिएको छ। ब्रायन लारा क्रिकेट एकेडेमी ट्रिनिडाडमा गएराति सम्पन्न खेलमा जमैका ट्रिनबागो नाइट राइडर्ससँग ९ विकेटले पराजित भएको हो। जमैकाले दिएको १ सय ८ रनको सामान्य लक्ष्य ट्रिनबागोले...
काठमाण्डौ, भदौ २२ (नेपालनीति) । खेल अनुशासन तोडेपछि विश्व नम्बर एक खेलाडी नोभाक जोकोभिच यूएस ओपन टेनिस खेल्न अयोग्य भएका छन् । चौथो चरणको खेलमा स्पेनिस पाब्लो कारेनो बुस्तासँग ६।५ ले पछि परेर निराश भएको बेला जोकोभिचले खल्तीमा रहेको बल पछाडि फ्याँक्ने क्रममा लाइन अम्पायर महिलाको घाँटीमा लागेको थियो ।...
काठमाडौं, भदौ ८ (नेपालनीति)। जर्मनीको फुटबल क्लब बायर्न म्यूनिखले छैटौँ पटक यूईएफए च्याम्पियन्स लीगको उपाधि जितेको छ । उसले फाइनलमा फ्रान्सको पेरिस सेन्ट जर्मन –पीएसजी) लाई १-० गोल अन्तरले पराजित गरेको छ । बायर्नका लागि एक मात्र विजयी गोल किंग्सले कोमानले हेडरबाट ५९ औँ मिनेटमा गरेका थिए । यो गोल...
काठमाडौं , भदौ ६ (नेपालनीति) । स्पेनिस क्लब सेभियाले युरोपा लिग फुटबलको उपाधि जितेको छ । जर्मनीमा शुक्रबार राति भएको फाइनलमा इटालियन क्लब इन्टर मिलानलाई ३–२ गोल अन्तरले पराजित गर्दै सेभियाले उपाधि जितेको हो । सेभियालाई जित दिलाउन लुक डी योङले दुई गोल गरे । यस्तै डिएगो कार्लोसले थप एक...
काठमाडौं, भदौ ५ (नेपालनीति) । क्यारेबियन प्रिमियर लिग सीपीएल क्रिकेटमा सन्दीप लामिछाने आवद्ध टिम जमैका तलावाज ट्रिनिबागो नाइट राइडर्ससँग पराजित भएको छ । जमैकाले दिएको एक सय ३६ रनको लक्ष्य ट्रिनिबागो नाइट राइडर्सले ११ बल अघि नै तीन विकेट गुमाएर भेटायो । नाइट राइडर्सका लागि सुनिल नारिनले सर्वाधिक ५३ रन...
काठमाडौं, साउन ३० (नेपानीति) । च्याम्पियन्स लिग अन्तर्गत आजराति बार्सिलोना र बायर्न म्युनिखबीच क्वाटरफाइनलको खेल हुदै छ। नेपाली समय अनुसार १२:४५ मा हुने यो खेल को विजेता सिधै सेमिफाइनलमा पुग्ने छ । बार्सिलोना र बायर्न म्युनिख च्याम्पियन्स लिगमा सबैभन्दा बढी १८ पटक क्वाटरफाइनलमा पुग्ने टिम हुन् । त्यस्तै बार्सिलोनाको कुरा...
काठमाडौँ, साउन २९ (नेपालनीति) । एसियाली फुटबल महासंघ (एएफसी) ले सन् २०२१ सम्मका लागि फिफा विश्वपकप २०२२ तथा एसियन कप २०२३ छनोट चरणका खेल स्थगित गरेको छ। एएफसीले आगामी अक्टोबर र नोभेम्बरमा छनोट चरणका खेल आयोजना गर्न मिति घोषणा गरेको थियो। तर, धेरै राष्ट्रले कोरोनाको जोखिम बढेको अवस्थामा खेल आयोजना...
काठमाडौँ, साउन २८ (नेपालनीति) । इङलिस क्लब वुल्भरह्याम्प्टन वोन्डरर्सलाई १(० गोलले पराजित गर्दै स्पेनिस क्लब सेभिया युइएफए युरोपा लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । युरोपा लिग अन्तर्गत मंगलबार राति भएको क्वाटरफाइनलमा सेभियालाई जित दिलाउन लुकास ओक्यामपोसले निर्णायक गोल गरेका थिए । उनले खेलको ८८औँ मिनेटमा एभर बनेगाको फ्रि(किक पासमा उत्कृष्ट...
काठमाडौं, साउन २७ (नेपालनीति) । युरोपा लिग अन्तर्गत गएराति भएको खेलमा कोपनहेगनलाई हराउँदै म्यानचेस्टर युनाइटेड सेमिफाइनल प्रवेश गरेको छ। ब्रुनो फर्नान्डेजले अतिरिक्त समयमा गरेको निर्णायक गोलमा युनाइटेडले सेमिफाइलको यात्रा तय गरेको हो। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा युनाइटेडले दोस्रो हाफको अतिरिक्त समयमा निर्णायक गोल गरेको थियो। युनाइटेडले पाएको पेनाल्टीको...