जेठ १३ गते काठमाडौ ।नेपालनीति :(राजन भण्डारी )

नेपाल शिक्षक संघको ३२ औं स्थापना दिवसको अवसर पारेर नेपाल शिक्षक संघ नागार्जुन नगर समितिले नागार्जुन नगरपालिका भित्रका सामुदायिक विद्यालयहरुका शिक्षकहरुबीच कविता प्रतियोगिता  ८ गते   सम्पन्न गरेको   थियो । प्रतियोगितामा नागार्जुन नगपालिका भित्रका सामुदायिक विद्यालयमा अध्यापनरत ३६ जना शिक्षकहरुको सहभागिता रहेको थियो ।
‘‘जीवनका लागि अक्सिजन” शीर्षकमा आयोजित कविता प्रतियोगितामा श्री सितापाईला माध्यमिक विद्यालयका शिक्षक सृजना कोइरालाले प्रथम, श्री रत्नराज्य माध्यमिक विद्यालयका शिक्षक भवानी पौडेलले द्धितीय, श्री पञ्चकन्या माध्यमिक विद्यालयका शिक्षक हर्कमती जोशीले तृतीय र श्री बाल बिकास माध्यमिक विद्यालयका शिक्षक प्रेम लामाले सान्त्वना स्थान हासिल गर्नुभएको थियो । 
नागार्जुन नगरपालिकाका नगरप्रमुख मोहन बहादुर बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न कविता प्रतियोगितालाई सम्बोधन गर्दै भन्नुभयो, ‘‘साहित्यले समाजको वास्तविकता देखेको हुन्छ । कवितको भावना जनचेतनाको आधार हो । त्यसकारण शिक्षकहरुको सहभागिता हुने साहित्य केन्द्रीत कार्यक्रमहरुले शिक्षकहरुको प्रतिभा प्रस्फुटन हुने र साहित्य जगतमा पनि टेवा पुग्छ ।” नगरप्रमुख बस्नेतले शिक्षा क्षेत्रको विकासका लागि नगरपालिका सदैव सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
प्रतियोगिताको प्रारम्भमा नगर इकाई समितिका अध्यक्ष शिब कुमार खनालले सबैलाई स्वागत गर्दै भन्नुभयो, ‘‘ शिक्षकाको प्रतिभा विद्यार्थीका लागि हो । शिक्षहरु सक्षम हुँदा राष्ट्रको विकासमा सहयोग पुग्दछ ।” शिक्षकहरुको प्रतिभा प्रस्फुटन गराउने र यस बन्दाबन्दीको अवस्थामा साहित्य मार्फत् चेतनाको दियो बाल्ने प्रयास शिक्षक संघको रहेका अध्यक्ष खनालले बताउनुभयो ।
विद्युतीय माध्यमबाट सञ्चालित प्रतियोगितामा नेपाल शिक्षक महासंघ महासचिव लक्ष्मी किशोर सुवेदी, नेपाल शिक्षक संघ संघिय उपमहासचिव सुन्दरपन्त लगायत साहित्यकारहरुको बाक्लो उपस्थिती थियो । प्रतियोगिताको निर्णय राजेन्द्रं श्रेष्ठ, महेष अधिकारी र नारायण गौतमले गर्नुभएको थियो भने विजेताहरुलाई क्रमशः दश हजार, सात हजार, पाँच हजार र तीन हजार रकम  सहित प्रमाणपत्र प्रदान गरिनेछ ।

तपाईंको प्रतिकृयाहरू

ताजा अपडेट