२०७७-पुस ७ (नेपालनीति ): राजन भण्डारी

विपदको अवस्थामा लैङ्गिक हिंसा रोकथामका कार्य सञ्चालन कार्यविधि २०७७ कार्यशाला २०७७-९-७ नयाँ बानेश्वर अल्फा हाउसमा सम्मपन्न भएको छ।

लैङ्गिक विभेद अन्त्य गर्न , विपदको अवस्थामा हुने शारिरीक ,मानसिक, मनोवैज्ञानिक, यौनजन्य तथा लैङ्गकि हिंसा रोकथाम र न्युनिकरण त्यस कार्यबाट पीडित -प्रभावितहरुको संरक्षण, सुरक्षा र पुन स्थापना गर्नका लागि गुणस्तरिय ,सर्वसुलभ तथा पहुंच योग्य आवश्यक व्यवस्था पर्ने भएकाले ,विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन ,२०७४ को द फा ४८ ले दिएको अधिकारलाई प्रयोग गरी , नेपाल सरकार महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले कायविधी बनाउन लागेको हो ।

आज भएको कार्यशालामा ने रे सो ले तयार पारेको उक्त कार्यविधिमा नेपाल सरकारका विभिन्न मन्त्रालयका सचिव , अधिकृतहरू र सरोकारवाला निकायका आधिकारिक व्यक्तिहरूले यस कार्यविधिमा आफ्नो धारणा राख्नु भएको थियो।

महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको आयोजना , ने रे सो को सहकार्य र UNFPA को सहयोग मा भएको उक्त कार्यक्रममा , महिला बाल बालिका जेष्ठ नागरिक मन्त्रालय , संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय , महान्यायाधिवक्ता को कार्यालय , राष्ट्रिय विपद् जोखिम न्यूनीकरकाको कार्यालय , Dp- net र ने रे सो लगाएत विभिन्न सरोकारवाला निकायका सचिव ,अधिकृति र जिम्बेवार व्यक्तिहरूको सहभागिता रहेको थियो । यो कार्य विधि निर्माणको अन्तिम चरणमा रहेको छ।

तपाईंको प्रतिकृयाहरू

ताजा अपडेट