काठमाडौं, असोज ३० (नेपालनीति) । ललितपुर जिल्लामा कात्तिक २ गतेबाट अत्यावश्यक बाहेकका सबै सेवा स्थगित गरिएको छ । कोरोना भाइरस संक्रमण अत्याधिक मात्रामा वृद्धि हुँदै गएको भन्दै तत्कालका लागि सेवा स्थगित गरिएको हो । सार्वजनिक सेवा प्रवाह गर्दा भीडभाड अत्याधिक बढ्न गई सेवाग्राहीमा संक्रमण फैलन सक्ने उच्च जोखिम रहेकाले अहिलेलाई सेवा प्रवाह स्थगित गर्नुपरेको जिल्ला प्रशासन कार्यालयको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र, सरोकारवाला निकाय, स्वास्थ्य विज्ञ, सुरक्षा निकायसँगको छलफल, परामर्शपछि अत्यावश्यकबाहेकका सेवा स्थगित गएको जनाइएको छ ।

तपाईंको प्रतिकृयाहरू

ताजा अपडेट