काठमाडौं, असोज २८ (नेपालनीति) । कोरोनाका कारण हालसम्म विश्वका धरै देशहरु प्रभावित भइरहेका छन् । विश्वका विभिन्न देशमा हरेक दिन ज्यान कोरोनाको संक्रमणबाट ज्यान गुमाउने र संक्रमितको संख्या बढ्दै गइरहेको छ ।

वर्ल्डोमिटर्सको तथ्यांक अनुसार हालसम्म विश्वभर कोरोना संक्रमितको संख्या ३ करोड ८३ लाख ६१ हजार २ सयद ६ पुगेको छ भने कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० लाख ९० हजार ७ सय ८९ पुगेको छ ।

त्यस्तै हालसम्म विश्वमा २ करोड ८८ लाख ४६हजार ७ सय १४ कोरोना संक्रमित उपचारपछि निको भइसकेका छन् ।

त्यस्तै अमेरिकामा मात्र कोरोनाको संक्रमणबाट २ लाख २० हजार ८ सय ७३ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या ८० लाख ९० हजार २ सय ५३ पुगेको छ ।

त्यस्तै ब्रजिलमा कोरोनाको संक्रमणबाट मुत्यु हुनेको संख्या १ लाख ५१ हजार ६३ पुगेको छ भने संक्रमितको संख्या ५१ लाख १४ हजार ८ सय २३ पुगेको छ ।

त्यस्तै अर्को देश रसियामा कोरोनाबाट मृत्यु हुनेको संख्या २२ हजार ९ सय ६६ पुगेको छ भने संक्रमितको संख्या १३ लाख २६ हजार १ सय ७८ पुगेको छ ।

तपाईंको प्रतिकृयाहरू

ताजा अपडेट