नमूना न्यौपाने (Sample), असोज २७, (नेपालनीति) ।
म एक नारी । आज यसरी आफ्नो जिवनको भिख माग्नुपर्छ भन्ने सोचेकी थिईन । तर, बाध्य भए । खै थाहा छैन मलाई । गल्ती कस्को । मेरो लुगा, मेरो उमेर, मेरो सोच, मेरो जवानी या उसको सोँच । या त उस्को हेराइ, उमेर, सहनसिलता वा हाम्रो समाज, हाम्रो कानुन, हाम्रो सरकार ?
मलाई यति थाहा छ । म डरमा बाँचेकी छु । आफैसँग डराउन थालेकी छु । छोरी भएकोमा धिकार्दै छु अनी पाइलै पिच्छे पछि हट्न बाध्य भएकी छु । म कसैलाइ केही भन्दिन, किनकी आज सम्म चुप लागेर बस्नु मेरो पहिलो गल्ती थियो । स–साना बहिनी बलात्कारका शिकार बनेका छन । मेरो उमेरका साथी, मेरा दिदी, मेरा अन्टि, मेरा हजुरआमा समेत बाँकी रहेनन । अनि यस्तो खबर दिनहुँ सुन्नुपरेपछि म कसरी ढुक्क भएर बस्नु रु विद्यालयका शिक्षकले बलात्कार गरेको खबर, बिरामीको सेवामा खट्ने डाक्टर, प्रहरी, वकिल, दाजूले, मामाले बाबाले बलत्कार । उफ म यो सुन्न पनि सक्दिन । तर यहि व्यवहार भइरहेछ ।
सहन सक्दासम्म त सहेकै हो नी हैन र रु कञ्चनपुरकी निर्मला बहिनिको हत्या भएपछि सारा नेपाली सडकमा आए । परिणाम के भयो ? अहिलेसम्म न्याय पाउन सकेका छैनन । भएको कानुन कार्यान्वयन हुँदैन । कडा कानुन ल्याउने त कहिले हो रु हाम्रो नेपाली समाजमा केहि समययता यौन दुव्र्यहार र बलात्कारका घटनाले मानव हुनु मै ठूलो हिनतावोध गराइरहेको छ । छोरी भएर बाँच्न सकस भइरहेको छ ।
सरकार विरुद्ध कसैले गीत सार्वजनिक गरेँ, ३/४ घन्टामै हट्छ । कलाकार तुरुन्तै प्रहरीको फन्दामा पर्छन । तर, एक अवोध बालिका, एक छोरी, वुहारी बलात्कृत भएर देशको इज्जत लुटिदा पनि सरकार भने रमिते बनेको छ । खुलेआम बलात्कारी प्रहरीकै आँखा अगाडि घुम्दा पनि पक्राउ पर्दैन । त्यो पनि बर्षौसम्म ।
सामाजिक सञ्जाल खोल्यो । त्यहाँ पनि पिडा मात्रै छ । दिन रात नराम्रो खबर बाहेक केही छैन । कसैले केही राम्रो गर्न लाग्यो भने उसले के सोचेर गर्यो ? त्यो सोच्दैनन बस उसको मजाक उडाउने र खुट्टा तान्ने तर्फ लाग्छन मानिसहरु ।म एउटा नारी हो । मलाई केहि दिनयताका घटनाहरुले मन पोलेको छ । त्यसैले यो लेख मार्फत छोरीको पिडा बोलिरहेको छु । यो लेख मार्फत व्यक्त मेरा भनाईलाइ गलत साबित गर्न पक्कै कोही आउनेछन । समाजले पुरुष भनेर तोकिदिएकाहरु । तर उनिहरुलाइ मेरो प्रश्न –‘महिला जतिकै पिडित भएर बाँच्न सक्छौ, के तिमिसँग महिलाले जति सहन सक्ने क्षमता छ ?’

पुरुष पीडित छैनन भन्दिन म । तर महिला जतिको पिडित भने अवपश्य छैनन । महिलाको हक,अधिकारका लागि लड्ने पुरुष नदेख्या पनि हैन मैले । उहाँहरुको सोच र कार्यलाइ म सधै सम्मान गर्छु । तर बलात्कारीको कार्यले गर्दा हामी आफ्नै परिवारलाइ बिश्वास गर्न सकेका छैनौ भने बाहिरी मानिसमा कसरी बिश्वास गर्नु । किन हाम्रो देशले सुन्दैन हाम्रो आवाज, हाम्रो पुकार, हाम्रो माग ?? आखीर कहिले सम्म रु हामी बिना गल्ती कसैलाई सजाय दे त भनेका छैनौ नि हैन र ? के अब हाम्रो अधिकार पनि नपाउने हो ? खै मेरो अधिकार,खै मेरो ज्यानको सुरक्षा,खै मेरो स्वतन्त्रता ।
सडकमा नारा लगाएर सुरक्षा पाउछु भने गर्छु म । शरीरको प्रत्येक अङ्ग ढाकेर सुरक्षित हुन्छु भने त्यसै गर्छु । कसैसँग नबोलेर सुरक्षित हुन्छु भने बोल्दिन । तर म सँगसँगै मेरा दिदी, बहिनी,फूपू, काकी, हजुरआमा सबै सुरक्षित हुनूपर्यो। के सुरक्षित हुन्छौं त ? यसको ग्यरेन्टी सरकारले गर्न सक्छ ?

बरु वेश्यालय खोल्न कानुनी अनुमती दे सरकार । कमसेकम यसले गर्दा जबरजस्तीकरणी ( बलत्कृत ) हुन त पर्दैन नारी । जवानी समाल्न नसक्नेलाई बाटो दे सरकार, हामीलाइ असुरक्षा होइन बिन्ती छ । कि यति पनि गर्न सक्दैन मेरो कानुनले ? सहमतिमा होटल जाने जोडीलाई समाइन्छ यहाँ । तर बलात्कारी समाउन ढिलासुस्ती किन हुन्छ मेरो देशमा ।

खै त ती अधिकारकर्मी । खै महिला समूह । खै मानव अधिकार कार्यलयका मानिसहरु । समाजसेवा गर्छु भन्नेहरु कता हुनुहुन्छ ? के गर्दै हुनुहुन्छ ? हाम्रो आवाज पुगेको छैन र नसुने झैँ गर्नुहुन्छ । जुन क्षेत्रमा हुनुहुन्छ त्यहीबाट पहल गर्दिनुस न ।
म बलात्कारीलाइ फासि नै दिनुपर्छ भन्दिन । तर यस्तो सजाय दिइयोस् कि अर्को ब्यक्ती त्यही अपराध गर्नु भन्दा पहिला दस चोटि सोच्न बाध्य होस । त्यही अपराध अर्को व्यक्तिले गर्न नसकोस । के अपराधी साँच्चै नभेटिएको हो या लुकाएर राखिएको हो रु खोजी गरे सुन भेटिने मेरो देशमा अपराधी भेटिन्न होला र ? आखिर किन लापरबाही हुँदै छ ? किन खेलवाड हुँदै छ छोरीको जीवनसँग ।
सक्दिन म दिन दिनै यसरी भिख माग्न । डरमा बस्न । मानसिक रोगी भएर बाँच्न पनि । अब न्याय चाहियो मलाइ । कित अलग्गै बाटो चाहियो, त्यो बाटोमा म हिड्न तयार छु जहाँ स्वतन्त्र भएर बाँच्न पाउ । यो मेरो मात्रै माग हैन । लाखौं नेपाली नारीहरुको माग हो ।
याद रहोस मेरो लुगामा दोष लगाउनेहरु । त्यो ६ महिनाको नानीको कपडा छोटो थियो । त्यो ७८ बर्षकी हजुरआमाको सारी छोटो थियो ? त्यो १४ वर्षकी निर्मलाको सुरुवाल छोटो थियो ? त्यो १३ बर्षकी सम्झाना बहिनीको लुगाकै दोष हो त ? हो भने जवाफ चाहियो मलाइ ? नत्र न्याय झुक्ने र लुक्ने कहिले सम्म ? अपराधीलाइ सजाय दे सरकार। पिडितलाई न्याय अनि सिंगो सृष्टिकर्ता नारीलाई सुरक्षा ।

तपाईंको प्रतिकृयाहरू

ताजा अपडेट