काठमाडौं,१७ असोज २०७७ (नेपालनीति)।

निर्माणाधीन काठमाडौं निजगढ द्रुतमार्गमा सुरुङमार्ग निर्माणका लागि २७ निर्माण कम्पनी इच्छुक देखिएका छन् । १६ वटा कम्पनीले आयोजनाका सुरुङमार्गका लागि बनाइएका दुबै प्याकेजको प्रतिस्पर्धामा सहभागिता जनाएका छन् ।

नेपाली सेनाले सुरुङमार्ग निर्माणका लागि प्रतिस्पर्धा गर्ने कम्पनीको संक्षिप्त सूची तयार गर्न आशयपत्र आह्वान गरेकोमा एउटा प्याकेजमा २१ र अर्को प्याकेजमा २२ कम्पनीको आवेदन परेको सेनाका सहायकरथी तथा प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार यी ४३ आवेदनबाट फरक फरक प्याकेजका लागि फरक(फरक योग्य कम्पनीहरु सर्ट लिस्ट गरिनेछ । त्यसरी सर्ट लिस्ट गरिने कम्पनीलाई फेरि आर्थिक तथा प्राविधिक प्रस्ताव पेश गर्न अर्को पटक ३ महिनाको समय दिएर टेन्डर गरिने प्रवक्ता पौडेलले जानकारी दिनुभयो ।

 

द्रुतमार्गको कुल लम्बाइ ७२.५ किलोमिटर हुनेछ । यो आयोजना लागत १ खर्ब ७५ अर्ब अनुमान गरिएको छ ।

 

तपाईंको प्रतिकृयाहरू

ताजा अपडेट