कपिलवस्तु, असोज १६ (नेपालनीति) ।

प्रहरीले कपिलवस्तुको मायादेवी गाउँपालिका ५ बनकसियाबाट आधा किलो सुन बरामद गरेको छ ।

विशेष सूचनाका आधारमा प्रहरीले कपिलवस्तुबाट भारततर्फ लाँदै गरेको आधा किलो सुन बरामद गरेको हो । सुनसँगै प्रहरीले ३४ वर्षीय पवनकुमार गुप्ता र उनकी १५ वर्षीया बहिनी लाई पक्राउ गरेको छ ।

कपिलवस्तुबाट लु ५६ प ६३१० नम्बरको मोटरसाइकलमा भारततर्फ जाँदै गरेका दाजु बहिनीको साथबाट आधा किलो सुन बराबद भएको हो ।

 

 

तपाईंको प्रतिकृयाहरू

ताजा अपडेट