काठमाडौं, असोज १४ (नेपालनीति) ।

राष्ट्रियसभामा राष्ट्रपतिद्वारा मनोनीत सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई मन्त्री सहितका संवैधानिक पदमा जान नदिन सर्वोच्च अदालतमा दायर रिटमाथिको सुनुवाइ हेर्दा हेर्दैमा राखिएको छ । बुधबार बसेको संवैधानिक इजलासमा बहस नटुंगिएपछि यसलाई हेर्दाहेर्दैमा राखिएको हो। प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणासहितको पाँच सदस्यीय संवैधानिक इजलासमा उक्त मुद्दाको आज पेसी चढेको थियो।

विपक्षीमध्येका प्रतिवादी वामदेव गौतमका तर्फबाट बहस गर्न उपस्थित कानुन व्यवसायीले बहस गर्न नभ्याएपछि मुद्दा हेर्दा हेर्दैमा गएको हो। आज विपक्षीको तर्फबाट महान्यायाधिवक्ता कार्यालयका सरकारी वकिलले बहस सकेका छन्। सर्वोच्च अदालतका अनुसार अब शुक्रबारको संवैधानिक इजलासमा उक्त मुद्दाको सुनुवाई हुनेछ।

तपाईंको प्रतिकृयाहरू

ताजा अपडेट