काठमाण्डौ, असोज १४(नेपालनीति) ।

कोरोना भाइरसको महामारी कारण बन्द भएको नेपाल–भारत हवाई उडान फेरि सुरु गर्ने तयारी भएको छ । भारतले नियमित उडान सुरु गरिसकेको छैन । तर पनि दुई देशका नागरिक र अन्य निश्चित निकायका व्यक्ति मात्रै बोक्न पाउने गरी दुई देशबीच उडान सुरु गर्न भारतले नेपाललाई प्रस्ताव पठाएको थियो ।

भारतको प्रस्तावअनुसार दुई देशका एअरलाइन्सले पहिलेको भन्दा निकै थोरै सङ्ख्यामा उडान गर्ने र उडानमा नेपाल र भारतका नागरिक, कुटनीतिक नियोग, संयुक्त राष्ट्र सङ्घका प्रतिनिधि तथा विकास साझेदार नियोगका कर्मचारीले मात्रै उडान गर्न पाउनेछन् ।

लामो समयदेखि उडान नहुँदा नेपाल र भारतका नागरिकले अत्यावश्यक कामको लागि पनि एक अर्को देशमा जान नसकेको अवस्थालाई ध्यान दिएर उडान सुरु गर्न लागिएको हो ।

तपाईंको प्रतिकृयाहरू

ताजा अपडेट