अर्घाखाँची, असोज ५ (नेपालनीति) ।

विकलांग मित्र समुह अपाङ्ग बाल अस्पताल तथा पुनस्र्थापन केन्द्र बनेपाद्वारा सन्चालित सक्षम परियोजना अर्घाखाँची शाखाको आयोजनामा अपाङ्गता भएका बालबालिकाको शिक्षा सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नं ७ मा रहेको चन्द्रप्रभा माध्यमिक बिधालयमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

अभिमुखी करण कार्यक्रमका अतिथि एबं वडा नं. ७ का वडा सदस्य विष्णु प्रसाद भुसालले अर्घाखाँचीमा रहेको सक्षम परियोजनाले छोटो समयमा जिल्लामा रहेका १८ वर्ष भन्दा मुनिका शारीरिक अपाङ्गता भएका बालबालिकालाई उपचार पछि नयाँ जिवन दिएकोमा धन्यवाद दिएका छन् । विधालय स्तरमा शिक्षक ,अभिभावक लगायतका ब्यक्तीलाई जनचेतना मुलक कार्यक्रम संचालन गरेकोमा आगामी दिनममा पनि यस्ता कार्यक्रमको आवश्वक रहेको बताएका छन् ।

यस्तै कार्यक्रममा वडा भित्र रहेका विभिन्न राजनितिक दलका प्रतिनिधि , विद्यालयका शिक्षक, कर्मचारी ,अभिभावक र परियोजनाकी कर्मचारी रक्षा पाण्डे लगायतको सहभागीता रहेको थियो । उक्त कार्यक्रममा परियोजना अर्घाखाँचीका सुपरभाइजर लेखनाथ आचार्यले प्रशिक्षण दिएका थिए । कार्यक्रममा अपांगता भएका व्यक्तिहरुको अधिकार सम्बन्धि महासंधिमा उल्लेखित शिक्षा सम्बन्धि हकको बारेमा छलफल तथा अन्तरक्रिया गरिएको थियो ।

प्रशिक्षण तालिमका सहभागिहरुले अर्घाखाँचीका स्थानीयतहले अपाङ्गता भएका बालबालिकालाई आवश्यक पर्ने कुनै त्यस्तो कार्यक्रम नल्याएको बताएका छन् । अपाङ्गता भएका ब्यक्तीलाई हेर्ने दृष्टीकोणलाई समुदायस्तर बाट परिवर्तन गर्न स्थानियतहले अभिमुखि करण कार्यक्रम गर्दै आएको छ ।
तर अभिमुखिकरण कार्यक्रममले मात्र अपाङ्गता भएका बालबालिकामा कुनै पनि परिबर्तन हुने किसिमको कार्यक्रम नएको गुनासो गरेका छन् । जिल्लामा परियोजनाले ३ वर्षको अवधिममा ३ सय ६५ जनाको नयाँ जिवन दिन सफल रहेको बताउदै परियोजनाले टोल स्तरमा समेत सचेतना कार्यक्रम संचालन गर्ने सुपरभाईजर आचार्यले बताए ।

कार्यक्रम विद्यालयका प्रधानाध्यापक दिन बहादुर थापाको अध्यक्षता , शिक्षक हरी पाण्डेको संचालनमा सम्पन्न भएको थियो । कार्यक्रम सक्षम परियोजनाको आयोजना तथा चन्द्रप्रभा माध्यमिक बिधालयकको समन्वय र सिबिएमको आर्थिक सहयोगमा कार्यक्रम सम्पन्न सक्षम परियोजनाले जनाएको छ ।

तपाईंको प्रतिकृयाहरू

ताजा अपडेट