एजेन्सी, असोज ३ (नेपालनीति) ।

इन्डियन प्रिमियर लिग (आईपीएल) को १३ औं सिजन आजबाट युएईमा सुरु हुँदै छ। पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डियन्स र चेन्‍नई सुपर किङ्सबीच अबुधावीमा प्रतिष्पर्धा हुँदैछ।

प्रतियोगिताको इतिहासमा यी दुई टिमबीच चौथो पटक ओपनिङ भिडन्त हुन लागेको हो। दुई टिमबीच भएका अघिल्ला तीन ओपनिङ भिडन्तमा २ पटक मुम्बई र एक पटक चेन्‍नईले जित हासिल गरेका छन्।

५३ दिन चल्ने आईपिएल भिडन्तमा ८ टिमले समान १४(१४ खेल खेल्ने छन्। प्रतियोगितामा एक इलमिनेटर दुई क्वालिफायर र फाइनल गरी कुल ६० खेल हुने छन्। यी सबै भिडन्त दुबई २४, अबुधाबी २० तथा शारजाह १२ माप्रतिष्पर्धा हुने छ ।

तपाईंको प्रतिकृयाहरू

ताजा अपडेट