दाङ, असोज २
दाङमा नम्बर नखुलेको गाडीको ठक्करबाट एक जनाको ज्यान गएको छ ।

राप्ती गाउँपालिका वडा नम्बर ८ पिपरीमा नम्बर नखुलेको गाडीको ठक्करबाट गढवा गाउँपालिका वडा नम्बर ३ का १८ वर्षीय प्रकाश कुँवरको ज्यान गएको इलाका प्रहरी कार्यालय भालुबाङ्गले जनाएको छ ।

ठक्कर दिने गाडीको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

 

तपाईंको प्रतिकृयाहरू

ताजा अपडेट