काठमाण्डौ, भदौ ३० (नेपालनीति) ।

नेपालमा गएको २४ घण्टामा एक हजार चार सय ५९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । यससँगै संक्रमितको संख्या ५६ हजार सात सय ८८ पुगेको छ । गएको २४ घण्टामा १० हजार तीन सय ७५ जनाको पीसीआर परीक्षण गर्दा एक हजार चार सय ५९ जनामा सङ्क्रमण देखिएको हो ।

२४ घण्टामा एक हजार ६२ जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या ४० हजार ६ सय ३८ पुगेको छ । अब नेपालमा १५ हजार सात सय ७९ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् ।

यस्तै सात हजार दुई सय ५० जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।

यस्तै गएको २४ घण्टामा ११ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या तीन सय ७१ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।

तपाईंको प्रतिकृयाहरू

ताजा अपडेट