भदौ २९, २०७७ जुम्ला

डाक्टर गोविन्द केसीको १९ औँ सत्याग्रह जुम्लामा सुरु भएको छ । चिकित्सा शिक्षा सुधारको माग राख्दै डा. गोविन्द केसीले १९ औँ सत्याग्रह जुम्लाबाट सुरु गर्नुभएको हो ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस लगायतका शैक्षिक कार्यक्रम सञ्चालन गरिनुपर्ने र स्नातकोत्तर तहको अनुमति तत्काल प्रदान गर्नुपर्ने मागसहित केसीले सत्याग्रह सुरु गर्नुभएको हो ।
उहाँले यस्तै गेटा मेडिकल कलेज र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठन पाठन सुरु गरिनुपर्ने, प्रदेश २ र गण्डकी प्रदेश तथा डोटी, डडेल्धुरा, उदयपुर र इलाम, पाँचथरमा सरकारी मेडिकल कलेज तथा अस्पताल निर्माण कार्यलाई तत्काल अघि बढाउनसमेत माग गर्नुभएको छ ।

तपाईंको प्रतिकृयाहरू

ताजा अपडेट