काठमाण्डौ, भदौ २५ (नेपालनीति) ।

सरकारले एसिड प्रहार गर्नेलाई कारबाही गर्न विशेष कानुन ल्याउने भएको छ । एसिड प्रहार गर्नेको तत्काल सम्पत्ति रोक्का गरी पीडितलाई क्षतिपूर्ति भराउने कानुन बनाउने प्रधानमन्त्री केपी शर्मा ओलीले बताउनुभएको हो ।

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा एसिड आक्रमणमा परेका १२ जनासँगको छलफलमा प्रधानमन्त्री ओलीले मानवीय र जघन्य अपराधका दोषीमाथि कारबाही गर्न अध्यादेशमार्फत तत्काल नयाँ कानुन बनाइने बताउनुभएको हो ।यसका लागि १५ दिनभित्र कानुनको मस्यौदा तयार गर्न प्रधानमन्त्री ओलीले कानुनमन्त्री शिवमाया तुम्बाहाम्फेलगायत सरोकार निकायलाई निर्देशन दिनुभएको उहाँको निजी सचिवालयले जनाएको छ ।

यस्तै एसिड पीडितको सबै उपचार, शिक्षा र जीविकोपार्जनको जिम्मेवारी सरकारले लिने पनि उहाँले बताउनुभयो ।

तपाईंको प्रतिकृयाहरू

ताजा अपडेट