काठमाडौं, भदौ २४ (नेपालनीति) ।

नेपाली लेग स्पीनर सन्दीप लामिछाने आबद्ध टीम जमैका तलावास क्यारेबियन प्रिमियर लिग सीपीएल टी–ट्वान्टी क्रिकेटको सेमिफाइनलबाटै बाहिरिएको छ।

ब्रायन लारा क्रिकेट एकेडेमी ट्रिनिडाडमा गएराति सम्पन्न खेलमा जमैका ट्रिनबागो नाइट राइडर्ससँग ९ विकेटले पराजित भएको हो। जमैकाले दिएको १ सय ८ रनको सामान्य लक्ष्य ट्रिनबागोले १५ ओभरमा १ विकेट मात्रै गुमाएर पुरा गर्यो।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको जमैकाले २० ओभरमा ७ विकेट गुमाएर १ सय ७ रन बनाएको थियो । खेलमा सन्दीपले ४ ओभर बलिङ गर्दै २९ रन खर्चिए पनि विकेट लिन भने असफल भए।

तपाईंको प्रतिकृयाहरू

ताजा अपडेट