काठमाण्डौ, भदौ २३ (नेपालनीति) ।

कोभिड–१९ (कोरोना भाइरस) को बारेमा भ्रम फैलाउने विरुद्ध कारबाहीका लागि प्रक्रिया सुरु भएको छ ।

सामाजिक सञ्जाल लगायतमा कोरोना भाइरस केही होइन र यो भाइरस जानी जानी उत्पति गराइएको भन्दै भ्रम छर्ने विरुद्ध कारबाही प्रक्रिया थालेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताउनुभयो ।

प्रवक्ता गौतमले कोरोनालाई लिएर समाजमा भ्रम फैलाउनेलाई कारबाही हुने भएकाले भाइरसको सङ्क्रमणलाई गम्भीर रुपमा लिएर सरकारले तोकेको स्वास्थ्य सम्बन्धी मापदण्ड पालना गर्न आग्रह गर्नुभयो ।

यस्तै सरकारको आग्रहअनुसार धेरैले मास्कको प्रयोग गर्न थालेको भन्दै उहाँले धन्यवाद दिनुभयो ।

घरबाहिर निस्किँदा अनिवार्य मास्क लगाउन, साबुन पानीले २० सेकेण्डसम्म मिचिमिची हात धुन र बेलाबेलामा स्यानिटाइजरको प्रयोग गर्न उहाँले आग्रह गर्नुभएको छ ।

 

 

तपाईंको प्रतिकृयाहरू

ताजा अपडेट