काठमाण्डौ, भदौ २२ (नेपालनीति) ।

खेल अनुशासन तोडेपछि विश्व नम्बर एक खेलाडी नोभाक जोकोभिच यूएस ओपन टेनिस खेल्न अयोग्य भएका छन् ।

चौथो चरणको खेलमा स्पेनिस पाब्लो कारेनो बुस्तासँग ६।५ ले पछि परेर निराश भएको बेला जोकोभिचले खल्तीमा रहेको बल पछाडि फ्याँक्ने क्रममा लाइन अम्पायर महिलाको घाँटीमा लागेको थियो ।

उनले जानाजानी नहिर्काएको भए पनि खेल अनुशासन बाहिरको क्रियाकलाप भएकाले यूएस ओपनको लागि अयोग्य घोषणा गरिएको अमेरिकी टेनिस एसोसिएशनले जनाएको छ ।

लाइन अम्पायनरको घाँटीमा लागेपछि जोकोभिचले उनीसँग माफी मागेका थिए । घटनापछि जोकोभिचको वरीयताका लागि प्राप्त गरेको अंक खारेज भएको छ ।

तपाईंको प्रतिकृयाहरू

ताजा अपडेट