मानव जाती नै अहिले असाधारण सकटमा परिरहेको छ। यो सकटको सामना गर्न बिश्वका बैज्ञानिकहरुले आफ्नो पुर्ण सामर्थ लगाइरहेका छ्न ।कोरोनाको कहरबाट बाहिर निस्कन बिश्वका शक्तिशाली रास्ट्रहरुलाई  पनि हाम्मे हाम्मे परेको छ। एउटा  यस्तो भाइरस जुन आँखाले पनि देख्न सकिँदैन त्यस्तो सूक्ष्म  जीवाणुले अहिलेको  बिश्वमा नै त्रास  फैलाएको छ।

चीनको हुवेइ प्रान्तको वुहान सहरमा वि.सं. २०७६ पौष १ गते ५५ वर्षे व्यक्तिमा देखिएकोले उच्च ज्वरो, खोकी र श्वासप्रश्वासको समस्या जस्ता लक्षण भएको प्राणघातक रोग बढेसँगै त्यस सहरका स्वास्थ्यकर्मीहरुले पौष १५ गते “पहिचान गर्न नसकिएको निमोनिया”भनी चीन स्थित विश्व स्वास्थ्य सङ्गठनको कार्यालयमा जानकारी गराए । साथै यो रोग चीनबाट अनियन्त्रित भई अन्य देशहरूमा समेत फैलिँदै जाँदा यस रोगको पहिचान र उचित व्यवस्थापनको लागि विश्व स्वास्थ्य सङ्गठनले माघ २८ गते रोगलाई कोरोना भाइरस डिजिज-२०१९ (कोभिड-१९) र भाइरसको नाम सार्स–कोभ-२ नामकरण गरेको थियो।

विज्ञहरुका अनुसार कोभिड-१९ को संक्रमण एक व्यक्तिबाट अर्को व्यक्तिमा हाच्छ्युँ गर्दा, खोक्दा निस्केका, श्वासमा बसेका साना कण, र्‍यालहरुको सम्पर्कबाट सर्ने भनिएको छ । सो भाइरस संक्रमित मानिसको सम्पर्कबाट हात हुँदै नाक, कान, मुख र आँखाबाट प्रवेश गर्दै श्वासप्रश्वास नली हुँदै फोक्सोमा गएर असर गर्छ। भाइरसको मानिसको शरीरभित्र वृद्धि  भएसगै रुघाखोकी , ज्वोरो आउने , टाउको दुख्ने ,स्वाद  र गन्ध थाहा  नहुने, रिंगटा लाग्ने, शरीर दुख्ने जस्ता लक्षणहरु देखिन्छ। यी लक्षणहरु ५ देखि १५ दिनभित्र देखिन थल्छन् ।साधारण रुघाखोकी जस्ता लक्षणहरु देखिएपनि बिस्तारै यस भाइरसले गम्भीर असरहरु देखाउदै जन्छन्। उक्त भाइरसले जुनसुकै उमेरको मानिसलाई पनि हानी पुर्याउन सक्छ तर बालक, बृद्धवृद्धा, दीर्घरोगी र रोग प्रतिरोधात्मक  क्षमता कम भएका  मानिसहरुमा भने यसले असर चाढै हुन्छ भने मृत्यु सम्ममा पनि पुर्याउन सक्छ।

बिश्वका शक्तिशाली रास्ट्रहरु जस्तै  अमेरिका, चिन, ब्रजिल, भारत , रसीया , अफ्रिकामा संक्रमितहरु बढ्दै जादा नेपालमा पनि कोरोना भाइरसको असर बढीरहेको छ। बिश्वमा ८४६४४८जनाको मृत्यु भएको छ भने ,२५२२६४३८ सक्रमीत मध्ये १६६२०७३३ निको भएका पछिल्लो अपडेट छ।
नेपालमा पनि समयमै लकडाउन गरेतापनि पछिल्लो समय खुल्ला सिमानाका कारण कोभिड-१९ को बिरामीहरुको संख्या नेपालमा पनि बढीरहेका छन् । विभिन्न सतर्कता अपनाउदै जादा पनि सक्रमितका संख्याहरु यो लेख तयार हुनेबेला सम्म  ३१४६० छन्  जसमा मृत्यु हुनेको संख्या दिनानुदिन बढ्दै गएको छ र  २२८ पुगिसकेकोछ । संख्यामा संक्रमितको संख्या वृद्धि भएतापनी काेभिड-१९ बाट  निकोहुने  संख्या पनि बढीरहेको (२१४१०जना) छ। (अपडेट सोमबार भाद्र १५,२०७७।१६:३२ बजे स्वस्थ तथा जनसख्या मन्त्रालय )

भाइरस फैलिएर संक्रमितका संख्याहरु बढ्ने क्रम देखिदै गर्दा जनताले भने नियम कानुनमा पुर्ण  रुपमा पालना नगरेको, विज्ञहरुले भनेका कुराहरु नटेरेको जस्तो देखिन्छ जसका कारण आज फेरि देशका विभिन्न ठाँउमा निषेधाज्ञा जारी  गर्नुपरेको अवस्था  छ । पटक पटक  लकडाउन,निषेधाज्ञा  गर्दा  व्यवसाय, कलकारखाना , औद्योगिक  कामहरुमा भने नराम्रो असर परेको छ। देशको अर्थतन्त्र खस्किएको छ भने बिस्तारै बिस्तार मानिसहरुलाई  आफ्नो जिविका चलाउन सम्म गर्‍हो हुन थालिसकेको छ। चोरीढकैती, लूटपातजस्ता घटनाहरु दिनानुदिन बढ्दै गएका छन् । त्यसले  मानिसहरुमा पनि विभिन्न तनावहरु बढ्दै गएर डिप्रेसनका सिकार बन्न पुगिसकेका छन्  भने धेरैले आत्महत्या गर्ने कदम समेत अपनाइसकेका छन।

कोरोना भाइरस फैलिएको ९ महिना बितिसक्दा पनि अझै यो रोग बिश्वबाट निर्मुल पार्न भने सकिएको छैन । विश्व भरका मानिस हरु एउटा कुरा को पर्खाइमा छ्न र आशामा त्यो हो कोरोना माहामारी नियन्त्रणका लागि बन्ने खोपको ।बिश्वभरी विभिन्न देशले कोरोना विरुद्ध विभिन्न खोपहरु तयार गरिरहेका छन् । हालै रसिया ले पनि स्पुत्निक- भि (Sputnik-V) नामक खोप तयार पारेको र पहिलो र दोश्रो चरण सफल भएको भन्ने समाचार पनि आइरहेको छ। यसका साथै चीनले पनि खोप तयार पारेको र अन्तिम चरण मानवमा परिक्षण सुरु गरेको बताइएको छ । नेपालले पनि विभिन्न देशले बनाएको  खोपहरु लाई िवज्ञहरुको समूह बनाएर  नेपालमा परिक्षण गर्दा हुन्छ भनेर अनुमति दिएको भन्ने खबरहरु पनि आइरहेका छन् ।

अबको बाटो:
ब्यक्ति तर्फबाट  :बिश्व स्वास्थ संगठनले कोभिड-१९ रोगको संक्रमण फैलिन नदिन भने कुराहरु जस्तै   बारम्बार साबुनपानीले हात मिचिमिचि धुन, माक्स अनिवार्य प्रयोग गर्न, सामाजिक दुरि कायम गर्न, भिडभाड हुने ठाउँमा  नजाने , तातोपानी पिउन  र आफ्नो इमुईनीटि पावर ( immunity power) बिकास गर्ने  ।

सामुदायिक तर्फबाट :
सामुदायिक स्तरमा हुने कार्यक्रम बिवाह, बर्तबन्ध , पासनी , जात्रा मेला पर्व  परिवर भित्रमात्र सिमित गर्ने , दाह सस्कार, जनस्तरका कार्यहरुमा सामाजिक दुरि कायम गर्ने , जनचेतना मुलक कार्यक्रम गर्ने , सक्रमिकहरुलाइ हेला हैन मायाको भवना जगाउने , सामुदायिक स्थरमा रहेको स्थानीय सरकारलाइ सहयोग र समयअनुसार परिमार्जन गरिएका नियमहरुको पालना गर्ने ।सामाजिक दुरि कायम गरिएता पनि सामाजिक भवना मा कमि आउन नदिने ।

राज्य तर्फ :
राज्य सबैको अभिभावक हो । राज्यले सबै प्रति समभाव कायम गर्नुपर्दछ, कसैलाई काखा र कसैलाई पाखा गर्न मिल्दैन ।राज्य सबैका लागि र सबैको हो भन्ने भावना अनुरुप यसका माहमारिमा स्वास्थका हरेक तह र तप्कामा उल्लेखनीय सुधार गर्दै ,
यो लडाइमा जित्नलाई  अग्रपंक्तिमा रहने सम्पुर्ण मनबहरुको मनोबल बढाउदै  आम जनमानसले प्रत्याभूति गर्न सक्ने वातावरण निर्माण गर्न सक्नु पर्दछ ।  भरपर्दो quarantine र isolation केन्द्रको व्यवस्था गर्नुपर्छ ।  दक्षजनशक्तिहरु जो यहि बिषयमा दक्ष छन्  उनिहरुलाइ  साथमा लिएर उनिहरुको दक्षताको पुर्ण सदुपयोग गरि परिक्षणमा बिस्वस्नियता र छिटो नतिजा निकाल्दै सामुदायमा फैलनबाट बचाउनु पर्छ।  परिक्षणका दाएराहरु  प्रभावित क्षेत्रलाइ प्राथमिकता राखेर बढाउदै लैजानुपर्छ।  यसका साथै अपतकालिन अबस्थामा चाहिने   भेन्टिलेटर ,एम्बुलेन्सको सख्या बढाउने र भएका उपकरणको उचित प्रयोग गर्ने ब्यवस्था मिलाउनु पर्छ। जनस्तरमा गरिएका तयारि र चुनौतीलाई यथार्थ बुझाउने गर्नु पर्छ। राज्यकले  सरोकारवाला निकायहरूलाई निष्पक्ष व्यवहारको अनुभूति गराउदै  यस माहामारिमा लड्न हैसला दिलाउनु पर्छ।

अन्तमा सबै कुरा चाडै नै साम्य  हुनेछ यदि  उच्च- आत्म बल  र सेल्फ आइसोलेसनमा सबै अनुसाशित भएर बस्ने हो भने। ब्यक्ती ,समाज र रास्ट्र सबैले आफ्नो जिम्मेवारी र कर्तब्य लाई यो इमानदारी पुर्वक पालना गर्ने हो भने फेरि विश्व चलाएमान हुने छ।

लेखक: अर्चना अर्याल 
 पब्लिक हेल्थ माइकोबाइलोजी ,स्नातकाेत्तर  दितिय तह त्रि चन्द्र कलेज कि बिद्यार्थी हुन।

तपाईंको प्रतिकृयाहरू

ताजा अपडेट