काठमाण्डौ, भदौ १२ (नेपालनीति)

अमेरिकाको लुइजियाना राज्यमा आएको समुद्री आँधीका कारण चारजनाको ज्यान गएको छ।

लउरा नामक आँधीको कारण लुइजियानाको एउटा नगरमा रसायन कारखानामा आगलागीसमेत भएको छ ।

झण्डै २ सय ४० किलोमिटर प्रतिघण्टा वेगमा आएको हावाहुरीले धेरै नोक्सानी पुर्याएको र क्षतिको आँकलन गर्ने काम भइरहेको बीबीसीले जनाएको छ ।

बीबीसीका अनुसार हावाहुरीपछि पाँच लाख परिवारमा बिजुलीको आपूर्ति रोकिएको छ ।

तपाईंको प्रतिकृयाहरू

ताजा अपडेट