काठमाडौं, भदौ ८ (नेपालनीति)। जर्मनीको फुटबल क्लब बायर्न म्यूनिखले छैटौँ पटक यूईएफए च्याम्पियन्स लीगको उपाधि जितेको छ ।

उसले फाइनलमा फ्रान्सको पेरिस सेन्ट जर्मन –पीएसजी) लाई १-० गोल अन्तरले पराजित गरेको छ ।

बायर्नका लागि एक मात्र विजयी गोल किंग्सले कोमानले हेडरबाट ५९ औँ मिनेटमा गरेका थिए । यो गोल जोसुआ किमिचले असिस्ट गरेका थिए ।

पीएसजीले ५० वर्षमा पहिलो पटक फाइनल खेलेको थियो । तर बायर्नले भने ११ औँ पटक फाइनल खेलेको थियो । जर्मन टिमले पछिल्लो फाइनल सन् २०१३ मा खेलेको थियो । जसमा बायर्न ने विजयी भएको थियो ।

यो खेल शुरु देखि नै रोमाञ्चक भएको थियो । पीएसजीका स्टार नेयमार र केलियन एम्बाप्पेले आफ्नो टिमलाई जिताउन धेरै कोशिष गरे पनि सफल बन्न सकेनन् ।

पहिलो हाफमा बराबरी भएको खेल दोश्रो हाफको ५९ औँ मिनेटमा गोल गर्दै बायर्नले अग्रता लिएको थियो ।
बायर्नले खेलमा २२ फल गरेको थियो भने पीएसजीले १६ वटा फल गरेको थियो । दुबै टिमका ४ ४ खेलाडीले एलो कार्ड पाएका थिए ।

किंग्स भन्दा अगाडि करीम बेन्जेमा (२०१८), जिनेदिन जिदान (२००२), मार्सेल डेसेली (१९९४) र बेसिल बोलीले (१९९३) मा गोल गरेका थिए । किंग्स भने फाइनलमा गोल गर्ने ५ औँ फ्रेन्ची खेलाडी बनेका छन् ।

तपाईंको प्रतिकृयाहरू

ताजा अपडेट