आज विश्व रोकिएको छ। क्षणभर रोकिदा अनि आलिकती ढिलो हुदा पनि सर्बस गुमेको महसुस हुने मानिस हरु आज बन्द कोठामै  कैदी जस्तै  गरि बस्न वाध्य  भएका छ्न । कलकारखाना  उद्योग धन्दा , यतायात ,  शिक्षालय सबै बन्द छ्न। मानिसहरु एक आपसमा सामिप्यता र बिचार राख्न पनि पाएका छैन्न  यस को  कारण  हो एक भाइरस ।

एउटा सानो आँखाले नदेख्ने भाइरसले सिंगै विश्वलाई नै आफ्नो चपेटामा पार्न सक्ला भनेर कस्ले सोचेको थियो र? कल्पना गरेको भन्दा विपरीत विश्वमै झन्डै दुई करोड भन्दा बढी जनसंख्यालाई कोरोना  जस्तो रोगले भयावह स्थिति निम्त्याउन सक्छ भनेर कस्ले  सोचेको थियो? व्यापक रुपामा फैलिएको नोभल कोरोना भाइरास अर्थात् COVID-19 ले हाम्रो आफ्नो देशमा मात्र नभएर पुरै विश्वमानै  नेपाल सहित २१२ भन्दा बढी देशलाई आफ्नो नियन्त्रणमा लिएको छ ।

साल २०१९  डिसेम्बरमा चिनको वुहान शहर बाट फैलिएको यो माहामारिले बिक्राल रुप लिसकेको छ । उक्त भाइरस को वैज्ञानिक नाम सार्स- कोभ -२ ( Sars-cov-2) हो र सङ्क्रमण बाट हुने रोगलाइ कोभिड १९ भनिन्छ ।कोरना भाइरसको नामकरन आनुवंशिक संरचना आर  एन ए (RNA) भएका भाइरस अर्थात विषाणुको एउटा समुहलाई भनिन्छ। हामी सबैलाई थाहा भएकै अनुसार काेरोना भाइरस नाक र मुख बाट मानिसको शरीरमा प्रवेश गर्छ। संक्रमित व्यक्तिले खोक्दा  र हाच्छ्युँ गर्दा  नाक र मुख बाट निस्केका ससाना छिटामा भएका भाइरस नजिकि बसेको मानिसको शरिर मा प्रवेश गर्न सक्छ। उक्त भाइरसले पहिला घाँटी, सासनली र फोक्सोमा असर गर्छ र विस्तारै ती अङ्गलाई भाइरसले आफ्नो नियन्त्रणमा लिएर गम्भीर असर पुर्याउन सक्दछ।

कोरोना भाइरस को संक्रमण जुनसुकै उमेरको मानिसलाई हुनसक्छ विशेषगरी बालक, वृद्धवृद्धा र रोग प्रतिरोधात्मक क्षमता कम भएका मानिसहरु पर्दछन्। सुरुवात चीनबाट भएपनि यो भाइरस विश्वभरि नै फैलिएको छ। मुख्य त बढी संक्रमित हुने देशमा अमेरिका, ब्राजिल, भारत, रसिया र अफ्रीका पर्दछ तिमध्ये अमेरिकामा झण्डै ५७ लाख मानिस यो भाइरसको अधिनमा परेको छ भने ब्राजिल, भारत, रसिया, अफ्रिकामा ५ लाख भन्दा बढी मानिस यसको शिकार भएको छ। WHO को अनुसार संक्रमण बढ्नुको मुख्य कारण सामाजिक दूरी कायम नगर्नु, अनिवार्य माक्सको प्रयोग नगर्नु, बेलाबेलामा साबुनपानीले हात नधुनु हो। यो त सामान्य कुरा भयो तर भाइरस मुख्य तह बढ्नुको कारण भने सिमानाकामा कढाई नगर्नु, अन्तर्राष्ट्रिय हवाई उडान मा प्रतिबन्ध नगराउनु, lockdown पूर्णरुपमा पालना नगर्नु, नियम कानुनमा सरकारले पूर्णरुपमा चाँसो नदेखाउनु, विशेषज्ञहरूले भनेका कुरालाई वेवास्ता गर्नु पनि हो।

साधारण रुघाखोकी बाट लक्षण सुरु हुने यो रोगले बिस्तारै फोक्सोमा गम्भीर क्षति गर्छ र बिस्तारै मृत्यु मुखसम्म पुर्याउनछ । आजको दिनसम्म हेर्दा  विश्वभरि नै सात लाख भन्दा बढी  मानिसहरुले ज्यान गुमाइसकेका छन् र यतिमै अन्त्य नभई यो रोगले अझै विकराल रुप लिन सक्नेछ। यस्तो संकटकालको स्थितिमा पनि विश्वमा सबै मानिस एकजुट भई कोरोना विरुद्ध भ्याक्सिन निकाल्नको लागि लागिपरिरहेका छन्। झण्डै सात महिना बितिसक्दा पनि विश्वभरिका विभिन्न देशहरुले कोरोना भाइरस निर्मुल पार्नको लागि खोप तयार पार्न सकेका छैनन्। WHO को तथ्यांक अनुसार विश्वभरि नै १५० देशहरूले कोरुना विरुद्ध खोप तयार पार्न प्रयत्न गरिरहेका छन्। जसमध्ये बीबीसीका अनुसार ११ अगष्ट राष्ट्रियपति भ्लादिमिर पुटिनले रूसका वैज्ञानिकहरूले भाइरसविरुद्ध पहिलो भ्याक्सिन दर्ता गरेका छन् जुन दुई महिनाभित्र सबै सुरक्षा मापदण्ड पुरा गरेर खोप तयार पार्ने दाबी गरेका छन्। यसका साथै चीनको सिनोभ्याक बायोटेक लिमिटेडले पनि कोभिड १९ विरुद्धको खोप अन्तिम चरण मानवमा परीक्षण सुरु गरेको बताएका छन्। भ्याक्सिन नबनुन्जेल सम्मकाे बखतमा हामीले आफ्नो तर्फबाट सुरक्षा सावधानिका  उपायहरु अपनाउनु पर्नेछ। यसले आफू मात्र नभएर अरुलाई पनि संक्रमणबाट सुरक्षित गर्न सकिन्छ।

अहिले विश्वभरि कोरोनाभाइरस सङ्क्रमण र त्यसबाट हुने रोग कोभिड-१९ को त्रास छ। विश्व स्वास्थ्य सङ्गठनका अनुसार कोरोनाभाइरसबाट जोगिन सबैभन्दा महत्त्वपूर्ण र आधारभूत उपाय भनेको सरसफाइ नै हो। नियमित रूपमा साबुनपानीले हात धुनुहोस् वा गुणस्तरीय स्यानिटाईजर दल्नुहोस्। यसो गर्दा हातमा भएका भाइरसहरू मर्छन्।नाक, मुख र आँखा नछुनुहोस्। किनभने हातले दूषित ठाउँ छोएको हुन सक्छ अनि हात नधोई अनुहार छुँदा भाइरस शरीरभित्र छिर्न सक्छ। खोक्दा वा हाछ्युँ गर्दा सफा रुमाल वा टिशूको प्रयोग गर्नु हो । यस्तो उपाय  अपनाउदा यश भाइरस  को जोखिम न्यून हुँदै जानेछ।

बिस्वका सबै शक्तिहरु एकै ठाउमा बसेर एउटै लक्ष्य यस महामारीको अन्त्य गराउने हुनु पर्छ  र सम्पुर्ण बिश्वका जनताले उक्त देशको सरकारले भनेको कुरा मानेमा मात्र   माहामारीको अन्त्य हुने छ।

लेखक: प्रितिका अघिकारी
  मेडिकल माइकोबाइलोजी ,स्नातकाेत्तर  दितिय तह त्रि चन्द्र कलेज कि बिद्यार्थी हुन।

तपाईंको प्रतिकृयाहरू

ताजा अपडेट