काठमाडौं, साउन ३० (नेपानीति) । नेपाल राष्ट्र बैंकले अत्यावश्यक सेवाको रुपमा रहेको बैंकिङ सेवा प्रवाहका क्रममा हुन सक्ने कोरोना संक्रमणको जोखिमको सन्दर्भमा थप कसिलो नीति लिएको छ ।

राष्ट्र बैंकले बैंक वित्तीय संस्थाका कर्मचारीले सेवा प्रदान गर्ने क्रममा कोरोना संक्रमण भएको खण्डमा तलबसहितको अतिरिक्त विदा दिई सम्पूर्ण उपचार खर्च संस्थाले व्यहोर्ने व्यवस्था गरेको हो ।

आइसोलेसनमा बसेका कर्मचारीलाई आइसोलेसनमा समय अवधिमा तलबसहितको अतिरिक्त विदाको व्यवस्था गर्ने तथा क्वारेन्टाइनमा बसेका कर्मचारीलाई क्वारेन्टाइमा रहने समय अवधिमा वर्क फ्रम होमको व्यवस्था गर्न समेत केन्द्रीय बैंकले बिहीबार जारी गरेको निर्देशनमा उल्लेख छ ।

राष्ट्र बैंकले कोरोना संक्रमितको संख्या बढ्न थालेपछि बैंक वित्तीय संस्थाका कर्मचारीलाई उच्च सर्तकता र पूर्ण सुरक्षाका उपायहरु अवलम्बन गर्न निर्देशन दिएको हो । कारोबार दैनिकमा खबर छ ।

तपाईंको प्रतिकृयाहरू

ताजा अपडेट