काठमाडौं, साउन २२ (नेपालनीति) । इटालियन सिरि ए क्लब इन्टर मिलान युरोपा लिग फुटबलको अन्तिम आठमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलम स्पेनिस क्लब गेटाफेलाई २-० गोलले पराजित गर्दै मिलान शीर्ष आठमा प्रवेश गरेको हो ।

 

मिलानको जितका लागि रोमेरो लुकाकु र क्रिस्टियन एरिक्सनले एक एक गोल गरे ।

खेलको ३३ औं मिनेटमा रोमेरो लुकाकुले गोल गर्दै मिलानलाई अग्रता दिलाएका थिए । उनले एलेसान्द्रो बास्टोनीको पासमा गोल गर्दै अग्रता दिलाएका हुन् । पहिलो हाफमा १-० गोलले पछि परेको गेटाफेरे दोस्रो हाफमा बराबरी गोल फर्काउने अवसर पाएको थियो ।

 

खेलको ७६ औं मिनेटमा गेटाफेले पाएको पेनाल्टी अवसरलाई सदुपयोग गर्न सकेन । गेटाफेका जोर्गे मोलिनाले पेनाल्टीमा गोल गर्न नसक्दा बराबरी गोल गर्ने अवसर गुमाएको थियो । ८३ औं मिनेटमा मिलानका क्रिस्टियन एरिक्सनले गोल गर्दै इन्टरलाई २-० को जित दिलाए ।

तपाईंको प्रतिकृयाहरू

ताजा अपडेट