काठमाडौं, साउन १९ (नेपालनीति) । आइतबार घटेको सेयर बजार सोमबार सकारात्मक देखिएको छ । सोमबार नेप्से हरियो बन्दा कारोबार रकमले समेत साथ दिएको छ । पछिल्लो समय राम्रा कम्पनीको सेयर मूल्यसमेत सस्तिएकाले विस्तारै लगानीकर्ता बजारतर्फ आकर्षित हुँदै जाने अनुमान विश्लेषकले गरेका छन् ।

आइतबार घटेको सेयर बजार सोमबार सकारात्मक देखिएको छ । सोमबार नेप्से हरियो बन्दा कारोबार रकमले समेत साथ दिएको छ । पछिल्लो समय राम्रा कम्पनीको सेयर मूल्यसमेत सस्तिएकाले विस्तारै लगानीकर्ता बजारतर्फ आकर्षित हुँदै जाने अनुमान विश्लेषकले गरेका छन् ।

कुल १२ समूहको सेयर कारोबार भएकामा ३ वटा बाहेक बाँकी सबै समूहका सूचक उकालो लागेका छन् । सबैभन्दा धेरै बढ्नेमा जीवन बिमा समूह रहेको छ, जसको सूचक ५८.७४ अंकले बढेको छ ।

सोमबार वाणिज्य बैंक समूह पनि ७.०५ अंकले उकालो लागेको छ । अजोड इन्स्योरेन्स र आरम्भ चौतारी लघुवित्तको सेयर मूल्य १० प्रतिशतले बढेको बजारमा दिव्यश्वरी हाइड्रोपावरको मूल्य ६.९० प्रतिशतले घटेको छ ।
रकमका आधारमा प्रभु बैंक संस्थापक सेयर अगाडि छ भने दोस्रो र तेस्रो स्थानमा नेपाल पुनर्बिमा कम्पनी र नेपाल लाइफ इन्स्योरेन्स रहेका छन् ।

तपाईंको प्रतिकृयाहरू

ताजा अपडेट