– राजन भण्डारी (साङगुइन)

चन्द्र नबिलाई  सुर्य नउदाए  सम्म ,
अनि बिहान उठे देखि नसुते सम्म ।
आशा नै हो आलम्ब सफल  जीवनको,
अनि बिश्वास नै हो धरातल दुई बिन्दु मिलनको ।

सुर्यको रापलाई  चाँदनिको  शितलताले मथ्थर नपारेसम्म,
अनि जवानिमा हुने उर्जा देखि बुढौलिमा खिएका पुर्जासम्म।
स्नेह   नै हो आलम्ब सफल    जीवनको ,
अनि प्रेम नै हो धरातल दुई बन्दु मिलनको।।

समुन्द्रको पानी बाफ बनी पहाडका चुचुरामा नठोकिए सम्म
कालो बादल मडारिएर मेघ गर्जनको बर्षा नबर्शे सम्म।
यात्रा नै हो आलम्ब सफल  जीवनको ,
अनि निरन्तरता नै हो धरातल दुई दुरिको मिलनको।।

हाबाको बेगमा  झुलेर  हरियो धानको बाला नपाकेसम्म,
पटिलो दाना किसानको चरणमा नपुने सम्म ।
लचकता नै हो आलम्ब  सफल जीवनको ,
अनि समर्पण नै हो  धरातल दुई बन्दुको मिलनको।।

पहाड र कोप्चाबाट  निस्किए  समुन्द्रमा नपुगे सम्म
झरनाको मनोरम दृश्य नदेखेसम्म
दृण्ता नै हो आलम्व सफल जीवनको
अनि सुन्दरता नै हो धरातल दुई बन्दुको मिलनको।।

तपाईंको प्रतिकृयाहरू

ताजा अपडेट