काठमाडौं, साउन १७ (नेपालनीति) । पेरिस सेन्ट–जर्मेन (पिएसजी) ले घरेलु प्रतिस्पर्धामा पछिल्लो वर्षहरुमा आफ्नो दबदबा कामय राखेको छ।

पिएसजीले शुक्रबार राति भएको खेल फ्रेन्च लिग कपको फाइनलमा लियोनलाई पराजित गरेर उपाधि जितेको छ।

योसँगै उसले यो सिजन घरेलु प्रतिस्पर्धामा प्रमुख तीन उपाधि जितेको छ । उसले पछिल्लो ६ वर्षमा चौथो सिजन लिग वान, फ्रेन्च कप तथा लिग कपको उपाधि जितेको हो ।

शुक्रबार राति भएको खेल फ्रेन्च लिग कपको अन्तिम फाइनल पनि हो । गएको सेप्टेम्बरमा यो सिजनपछि फ्रेन्च लिग कप अन्त्य गर्ने निर्णय भएको थियो ।

फाइनल खेलमा पिएसजी र लियोनले निर्धारित समयमा ०–० को बराबरी खेलेपछि निर्णय टाइब्रेकरबाट लिइएको थियो । सुरुका १० पेनाल्टीमा दुवै तर्फबाट गोल भयो ।

त्यसपछि सडेन डेथ पिएसजीका गोलरक्षक किलोर नाभासले लियोनका बेट्र्रान्ड ट्राओरीको प्रहार जोगाए। पाब्लो साराबियाले पिएसजीका लागि विजयी पेनाल्टी गरेका हुन् । कोरोना भाइरसको महामारीका कारण गएको अप्रिलमा लिग वान अन्त्य गरिएपछि फ्रान्समा भएको यो दोस्रो घरेलु खेल हो ।

गएको हप्ताको शुक्रबार फ्रेन्च कपको फाइनलमा पिएसजीले सेन्ट–एटिएनीलाई १–० ले पराजित गरेर उपाधि जितेको थियो ।

तपाईंको प्रतिकृयाहरू

ताजा अपडेट

 





 

error: Content is protected !!