काठमाण्डौ, साउन १५ (नेपालनीति) । ज्लाटन ईम्राहिमोभिचले मिलान क्लबका लागि ५० गोलको कीर्तिमान रच्दा एसी मिलान क्लबले बुधबार राति शानदार जित आत्मसाथ गरेको छ । ज्लाटनको दुई गोलको सहयोगमा मिलानले साम्पोडियालाई ४–१ गोल अन्तरले हराएको हो ।

ज्लाटनले सिरि ए फुटबलका दुवै मिलान क्लबबाट ५० गोल गर्ने कीर्तिमान आफ्नो नाममा लेखाएका छन् । उनी गत जनवरीमा फ्रि–ट्रान्सफर अन्तर्गत एसी मिलान आएका थिए ।

साम्पोडियाबिरुद्ध जित निकाल्दै मिलानले अर्को सिजन युरोपा लिग पक्का गरेको छ ।

म्यान्चेष्टर युनाईटेड, एल ए ग्यालेक्सि, पेरिस सेन्ट जर्मेन (पीएसजी), बार्सिलोना र ईन्टर मिलानका पूर्व स्विडिस खेलाडीले यस दोस्रो पटक एसी मिलान आउदा ८ गोल पुरा गरे । उनले पहिलो पटक एसी मिलानबाट खेल्दै ६१ खेलमा ४२ गोल गरेका थिए ।

बुधबार राति मिलानको जितमा ज्लाटनको दुई गोलसंगै हकन काल्होग्लु र राफेल लियोले एक एक गोल गरे । घरेलु टोली साम्पोडियाका क्रिस्टोफर अस्किल्डसेनले एक गोल फर्काएका थिए ।

जितसंगै मिलानले ६३ अंक सहित छैटौ स्थानमा रहदै युरोपा लिग पक्का गर्यो । साम्पोडिया ४१ अंक सहित १५ औं स्थानमा रह्यो ।

तपाईंको प्रतिकृयाहरू

ताजा अपडेट

 





 

error: Content is protected !!