काठमाडौं, साउन ११ (नेपालनीति) । रोजगारीका लागि जापान जान चाहने कामदारलाई जथाभावी रकम नबुझाउन श्रम रोजगार तथा ले आग्रह गरेको छ । नेपाल सरकार र जापान सरकारबीच भएको एसएसडब्लू (स्पेसिफाइड स्किल वर्कर) प्रणालीअन्तर्गत जापान रोजगारीमा पठाउने भन्दै केही निजी संघसंस्थाले रकम असुलेको प्रति मन्त्रालयको ध्यानाकर्षण भएको हो ।

मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै एसएसडब्लू प्रणालीमार्फत जापानमा रोजगारी पठाउँदा वैदेशिक रोजगार विभागको जापान इकाइमार्फत कामदार छनोट हुने व्यवस्था रहेको स्पष्ट पारेको छ । यस प्रक्रियामा निजी क्षेत्रको कुनै पनि भूमिका नहुने मन्त्रालयले जनाएको छ ।

तर, केही भाषा प्रशिक्षण केन्द्र, शैक्षिक परामर्श केन्द्र तथा सीप प्रशिक्षण केन्द्रहरूले रोजगारीमा जापान पठाउने भन्दै गैरकानुनी रूपमा रकम असुल्न थालेका छन् । यस्ता संस्थाहरूमा रकम नबुझाउन मन्त्रालयले आग्रह गरेको हो ।

तपाईंको प्रतिकृयाहरू

ताजा अपडेट

 





 

error: Content is protected !!