परासी, असार ३० (नेपालनीति) । । पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेमा पहिरो खसेको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत दाउन्नेमा पहिरो खस्दा मंगलबार बिहानैदेखि यातायात अवरुद्ध भएको छ ।

पहिरोसँगै खसेको रूखले बा१४च ७०२० नम्बरको कार र ना६ख १५५९ नम्बरको ट्रक च्यापिएका छन् । सडक विभाग र प्रहरीले अवरुद्ध सडक खुलाउने प्रयास गरिरहेको छ ।
बाटो खुलाउने प्रयास भइरहे पनि वर्षाका कारण पहिरो लगातार गैरहेकोले समस्या भैरहेको प्रहरीले बताएका छन् ।

तपाईंको प्रतिकृयाहरू

ताजा अपडेट

 





 

error: Content is protected !!