–हिमलाल खनाल

विश्व इतिहासका स्वतन्त्र पानाहरु पलट्याउनुभयोे भने यूरोपियन देशहरुविच युद्ध अन्त्य भएपश्चात अमेरिकि हतियार कम्पनी डुब्ने स्थिति सिर्जना भयो र त्यसका निम्ती अमेरिकालाई हतियार बेच्नका लागि नयाँ युद्ध आवश्यक परेको निष्कर्श निकालिएको थियो । अर्को तर्फ युरोपका देशहरुमा दुइ युद्ध को क्रममा खोलिएका खर्बौं डलर लगानी का हतियार कारखाना बन्द हुने अवस्था आयो । त्यसपछि अमेरिकि हतियार कम्पनी र युरोपेली हतियार कम्पनी बिच गोप्य सन्झौता भयो जसमा अमेरिका र युरोपको भुमिलाइ युद्धक्षेत्र नबनाउने तर अन्य युद्धक्षेत्र तयार गरी हतियार कारखानाको व्यपार विस्तार गर्ने सहमति भयो भन्ने क्रिटिक्ल थिङ्करहरुबाट सुन्न पाईन्छ ।

पश्चिमाको जुन सम्पन्नता छ, यो कथित सम्पन्नता करोडौं मानवको रगतले लतपतिएको छ । तेस्रो विश्वमा कृत्रिम रुपले पैदा गरिएका युद्ध र गृहयुद्ध को जगमा पश्चिममा राष्ट्रहरु सम्पन्न भएका छन्

उक्त सम्झौताको फलस्वरुप १९४५ पछि यो मानवमण्डलमा करिब४७०० युद्ध गराइए । एउटा पनि युद्ध अमेरिका र युरोपमा नभई एशिया , अरब र अफ्रीकामा भयो जस्ले युद्ध पश्चिमाको सुनियोजित योजना अनरुप भएको आंकलन गर्न सकिन्छ । यो अवधिमा कोरिया युद्ध , इरान –इराक युद्ध , भियतनाम युद्ध , भारत पाक युद्ध , भारत चिन युद्ध , अफगान युद्ध आदि प्रमूख युद्धहरु भएका हुन् । यो लामो श्रुंखलामा नेपालको १० वर्षे माओवादी युद्ध पनि जोडिन्छ किनकी सेना र माओवादी दुबैको हतियारको श्रोत तिनै पश्चिमी राष्ट्र थिए।

इरान र इराक बिच युद्धको आगो सल्काउन अमेरिकि गुप्तचर संयन्त्र सिआइएले द वासिङ्टन पोष्टमा एउटा समाचार लाइ विशेष प्राथमिकताकासाथ छपायो जसमा ूइराक र ईरान सिमामाको ूशत अल अरेबियाू क्षेत्रमा तेलको अथाह भन्डार रहेको उल्लेख गरिएको थियो। त्यसपछि तेलको लोभमा दुबै देशले यो भुभागको दाबी गरे । मुद्दा गम्भिर भएपछि समाधानका लागि संयुक्त राष्ट्रसंघमा विवाद पठाइयो तर युएन अमेरिकि मिशन पुरा गराउने बुख्याँचा न पर्यो, समस्या समाधानमा चाँसो नै दिएन् । अमेरिकि दवाबका कारण मुद्धामा २ बर्ष सम्म पनि कुनै निर्णय गरिएन , फलत २ देश बिच दश वर्ष युद्ध भयो र लाखौं मानिस मारिए ।

पश्चिमी देशहरुले त्यी दुबै देशहरुलाई जोकर बनाएर बाँडिचुँडी हतियार बेचे फलत १० वर्षमा पश्चिमी देशहरुको प्रतिव्यक्ति आयमा १०० प्रतिशतलले वृद्धी भयो तर त्यी दुइ देश कंगाल तथा तहसनहस भए। जब यी देशहरुसंग हतियार किन्ने पैसा सिद्धियो तबमात्र युएन ले शान्तिबार्ता को आह्वान गर्यो ।

पश्चिमाको जुन सम्पन्नता छ, यो कथित सम्पन्नता करोडौं मानवको रगतले लतपतिएको छ । तेस्रो विश्वमा कृत्रिम रुपले पैदा गरिएका युद्ध र गृहयुद्ध को जगमा पश्चिममा राष्ट्रहरु सम्पन्न भएका छन् । वर्तमान अवस्थामा सिरिया मोहरा बनिरहेको छ, भोली कुन देश युद्ध अखडा बन्ने हो थाहा छैन, त्यो नेपाल नहोला भनेर भन्न सकिन्न ।

पश्चिमको हतियार ब्यापार हजारौं खर्ब डलरमा हुने गरेको छ भने मुनाफाको लगभग २० प्रतिशत नयाँ युद्ध क्षेत्र , गृहयुद्ध र आन्तरिक द्वन्द्व सिर्जना गर्न खर्च गर्छ भन्ने सुनिन्छ । त्यो खर्चको एउटा सानो हिस्सा नेपालको राजनितीमा पनि लगानी हुन्छ , त्यो हिस्साको रकम खल्तिमा नराख्ने नेपालका राजनीतिज्ञ, मानवाधिकारकर्मी त कमै होलान , हामी कराएर मात्र के गर्नु मित्रहरु ? बोका जति रोइ कराई गरेपनि कसाइले बोका काट्न छोड्दैन क्यारे । यिनै कसाईहरुको उक्साहटमा केहि मित्रहरु उफ्रेको देख्दा दंग लागेर आउँछ ।

रुवान्डामा तुत्सी र हुतु जाती बिच जातिय घृणा पैदा गराइयो र पछि जातिय हिंसा फैलाएर १०० दिनमा १५ लाख निर्दाे मानिसहरुको ज्यान गुमेमो इतिहास अजै ताजै छ । अहिले रुवान्डामा आफ्नो थर लेख्न प्रतिबन्ध गरिएको छ । हाम्रो देश नेपालमा पनि जातियताको आगो सल्काउन पश्चिमाहरुले अर्बाै पैसाको लगानि गरेका छन भन्ने कुरा बेलाबेलामा सुन्नमा आएका छन् ।

यस्तै नेपालका आदिवासि जनजातिको संस्कृतिको सबैभन्दा प्रमुख दुश्मन पनि पैशाको बलमा योजनावद्ध तरिकाले विस्तार गरिएको पश्चिमी ईसाई नै हो । अमेरिकामा रेड इन्डियन , युरोपमा प्यागन, अष्ट्रेलियामा अबोरिजिनल, न्युजिल्यान्ड मा माओरिहरु माथी नरसंहार मच्याएर सखाप पारिएको यथार्थको ज्ञानविना पश्चिमाको पछि लाग्नु आफ्नै खुट्टामा बञ्चरो हान्नु होइन र ? त्यी पश्चिमाहरु नेपाली जनतामाँझ रहेको एकतालाइे तोड्दै देशमा जातिय कित्ताकाट, विखण्डन मार्फत जातिय नरसंहार गराइ पुःन हिंसा गराउन उद्धत छन् । नेपाली उखान “तावा बाट झरेर भुङ्रोमा पर्नु” जस्तो नहोस ।। हिजो जनयुद्धका नाममा हतियार बोक्नेहरु र आज धर्मका नाममा बाइबल बोक्नेहरु बिचको समानता लाई नियाल्न जरुरी देख्छु।

हाम्रो देशमा पनि यस्तै गर्न खोजिएको हो कि ? विश्वको कुनै पनि कुनामा भएको युद्ध पश्चात ती देशहरु तहसनहस भएको यथार्थ सबैसामु छ भने पश्चिमाको धन बृद्धि भइरहेको छ । यसरी हेर्दा नेपालको माओवादी जनयुद्ध भनिने युद्ध पनि पश्चिमिहरुको लागि धनयुद्ध नै सावित भए होला । माओवादी युद्धका क्रममा पनि सेनाले अर्बौंको हतियार किनेको थियो भने पश्चिमाबाट माओबादिले पनि हतियार नकिनि कसरी युद्ध गरे होला र ? नाम मात्रको भएपनि अग्रगामी रुपान्तरण त भइहाल्यो नि । जनआन्दोलन र माओवादी युद्धको बलमा शासन व्यवस्था परिवर्तन भयो र नयाँ पात्रहरु राजनीतिक रंगमञ्चमा देखा परे तर उनीहरुमा राजनीतिक व्यवहार तथा संस्कार कहिले पनि फेरिएन् । विदेशी तत्वहरुको सहायतामा गरिएका आन्दोलन तथा युद्धहरु पश्चात आएका नयाँ अनुहारहरुले कहिले पनि राष्ट्रलाई स्वाभिमानि बनाउने कल्पना नै गरेनन् बरु राष्ट्रघाति सन्धि र सम्झौताहरु गरेर अदृश्य तरिकाले राष्ट्रलाइृ गुलामी बनाउन लागिरहे ।

यी विविध उदाहरणहरुबाट प्रस्ट रुपमा नेपालको एकता, संस्कृति, शान्ति तथा मौलिकतामाथि पश्चिमाले गिद्धे नजर लगाएको महसुुस गर्न सकिन्छ । विभिन्न खाले मुद्धाहरुका नाममा जनतालाई विभाजन गरी पुःन राष्ट्रलाई गुलाम बनाउदै आफ्नो राजनैतिक तथा आर्थिक अभिष्ट पुरा गर्ने र हाम्रो जस्तो गौरवशालि इतिहास बोकेको देशलाई गरिवि र पछौटेपनको दलदलमा फसाउने षडयन्त्र झल्किन्छ । यस्तो जटिल अवस्थामा एक पटक हरेक नेताहरु आफ्नो स्वार्थ र गुलामी प्रवृति त्याग गरी मातृभूमिको पक्षमा उभिए उनीहरुले अहिले सम्म गरेका गल्तिहरु जनताले माफ गर्नेछन् र देश वास्तविक रुपमा आत्मनिर्भरता, समृद्धि तथा स्वतन्त्रताको दिशामा अघि बढ्नेछ । नेताहरु दलाल भएभने पनि जनता चाँहि नेताको अन्धो झोले कार्यकर्ता बन्नुको साटो सेतोलाई सेतो तथा कालोलाई काल भन्ने आँटका साथ शसक्त रुपमा आवाज निरन्तर उठाउनुपर्ने आजको आवश्यकता रहेको छ ।

प्रकाशित मितिः २०७७ असार २६

(यो लेखमा प्रस्तुत विचारहरु लेखकका नितान्त व्यक्तिगत विचारहरु हुन् । )

तपाईंको प्रतिकृयाहरू

ताजा अपडेट

 





 

error: Content is protected !!