काठमाडौं, असार २५ (नेपालनीति) । लकडाउनपछि घटेको विद्युत खपतको दर पुरानै अवस्थामा फर्किएको छ । लकडाउनपछि उद्योग, कलकारखाना र ब्यापाररव्यवसाय बन्द भएपछि विजुलीको खपत आधाले घटेको थियो ।

घराययी ग्राहकले मात्रै उपभोग गर्ने अवस्था रहेपछि नेपाल विद्युत प्राधिकरणले करोडौंको सम्भावित नाफा गुमाउनुपरेको थियो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार अहिले विजुली खपत गतवर्षको यही समयकोजस्तै तहमा पुगेको छ ।

गत वर्ष असार २४ गते २४ घण्टामा २ करोड ४७ लाख ४८ हजार युनिट विजुली खपत भएको थियो । हिजो (असार २४० प्राधिरकणको २ करोड ५० लाख ७१ हजार युनिट विजुली खपत भएको छ ।

तपाईंको प्रतिकृयाहरू

ताजा अपडेट

 





 

error: Content is protected !!