परिवारको पूर्ण सहमतिमा सम्पन्न गरिएको ब्रह्म विवाहमा प्रेम, विश्वास, समर्पण, अपनत्व, सम्मान र नाताको महत्व बुझिन्छ । यस्ता संस्कारी पति र पत्नीका मनले एक-अर्काका लागि ऊर्जा प्रदान गर्छन् । उनीहरू एक-अर्काप्रति प्रेम, अनुराग र आशक्तिले युक्त भए भने उनीहरूको नाता यस जन्ममा मात्र होइन अर्को जन्ममा पनि अलग हुन सम्भव छैन ।


विवाह पति र पत्नीका बीच जन्म-जन्मान्तरको सम्बन्धबाट सम्पन्न भएको हुन्छ । यसलाई कुनै परिस्थितिमा पनि बदल्न सकिन्न । अग्निलाई सातपटक परिक्रमा गरी ध्रुव तारालाई साक्षी मानेर दुई शरीर, मन तथा आत्मा विवाहको माध्यमबाट एक पवित्र बन्धनमा बाँधिन्छन् । हिन्दु विवाहमा पति-पत्नीबीच शारीरिक सम्बन्धलाई भन्दा बढी आत्मिक सम्बन्धलाई महत्व दिइन्छ । यस्तो सम्बन्ध धार्मिक रीतिपूर्वक सम्पन्न भएका विवाह र विवाहका समयमा अग्नि परिक्रमा गर्दा गरिएका संकल्प वचनमा विश्वास राख्नाले सम्भव हुन्छ ।


विवाह एक बन्धन वा सम्झौता मात्र होइन, विचारपूर्वक ज्योतिषीको परामर्शमा प्रारब्ध अनि वर्तमानलाई ध्यानमा राखेर बनाइएको आत्मीय नाता हो ।
अघिल्लो जन्मका पतिपत्नीहरूले पहिलो भेटमै भनौं विवाहका कुरा चल्दा नै एक–अर्कालाई सम्मानका भावले हेर्न थाल्छन् । विवाहअघि नै दुवैको मन सकारात्मक हुन जान्छ ।


कहिलेकाहीँ एकपटक देख्दैमा कुनै स्त्री वा पुरूषप्रति अनौठो प्रेमभाव उत्पन्न हुन जान्छ । यस्तै कसैलाई देख्दा उसप्रति घृणा उत्पन्न हुन जान्छ ।

जो सँग को सम्बन्ध  जन्म जन्म आन्तर  देखि रहेको हुन्छ, उ संग जति नै नचाहे पनि विबाहको कुरा नपताउने तरिकाले सुरु हुन्छ, सबैको सम्मिश्रण यसरी भै दिन्छ कि अस्वीकार गर्नै सकिदैन दुबै तर्फ बाट, एकाएक विबाह पनि सम्पन्न हुन जान्छ। तर त्यो सम्बन्ध लाई कसरी निभाउदै लैजाने त्यो पति पत्नीको हातमा हुन्छ। जस्तै कसैले खेती गर्न लाई जग्गा किन्छ र राम्रो सँग खेती गर्दैन। त्यहाँ खेतको दोष हुँदैन दोष हुन्छ त केवल काम गर्ने मान्छेको त्यस्तै कहिले पनि विबाह सम्बन्धको दोष हुँदैन दोष हुन्छ त केवल सम्बन्ध निभाउन नसक्नेको । समस्या बाधाअडचन संसारको हर कुनै काममा आउने गर्दछ अनि समस्या पूरा भएमात्र सफल भइन्छ। विवाह सम्बन्धभन्दा बाहिर यदि मनले कल्पनामात्र गर्यो भने अनि सुरु हुन्छ जीवनको पतन। कल्पनाले आशा जगाउँछ आशाले कार्य गर्न प्रेरित गर्छ। आशा यति तीव्र भैदिन्छ की के सही के गलत छुट्याउन सकिँदैन। हरेक गल्तिहरु सामान्य लाग्न थाल्छन। होस त्यतिखेर खुल्छ जब जिन्दगीले नराम्रोसँग ठक्कर दिन्छ।अनि बल्ल आफूले गरेका गल्ती हरु कति भयानक रहेछन भन्ने महसुस हुनथाल्छ। राम्रो या नराम्रो हरेक कुराको सुरुवात सानो चिज बाटै हुन्छ। तर परीणाम चाहिँ भयंकर हुने गर्दछन्। त्यसैले जुन चिज आफ्नो हितमा छैन त्यता तिर सोच्नु, रमाउनु ,कार्य गर्नु ,हेर्नु ,बोल्नु सबै बर्बादीको पहिलो खुट्किलो चढ्नु हो । जब के खुड्किलाहरु पार हुँदै धेरैअगाडि पुगिन्छ अनी दुर्घटनाको संकेत आउन सुरु गर्छ। त्यतिबेला न पछाडि फर्किन सकिन्छ न खुशी मन सित अगाडि नै जान सकिन्छ। त्यसैले आफ्नो जिन्दगीको बाटोमा एकचित्त एक मन बनाइए चल्नुपर्छ।एक अर्का बिच विश्वास तोड्नु हुँदैन । अनि जिन्दगीका तमाम् खुशीहरु आउन सुरु गर्दै जान्छन्।

हिन्दु दर्शनका अनुसार हाम्रो चित्त व अन्तस्करणमा लाखौं जन्मका स्मृतिहरू संरक्षित भएर रहेका हुन्छन् । हामीले त्यतातिर कम ध्यान दिन्छौं वा सम्झने प्रयास गर्दैनौं । यो थाहा पाउन अलि बढी साधना आवश्यक हुन्छ । पूर्वजन्मको स्मृतिका कारण हामीलाई कुनै व्यक्ति वा स्थान पहिल्यै देखेको आभास हुन जान्छ । हामीलाई पहिलोपटक भेटिएको मानिस पनि पूर्वपरिचित जस्तो र पहिलोपटक पुगेको स्थान पनि परिचित जस्तो आभास हुन्छ ।

तपाईंको प्रतिकृयाहरू

ताजा अपडेट


 





 

error: Content is protected !!