प्रतिक अधिकारी

भौतिक संसार सम्पूर्ण रुपले प्रकृतिमै निर्भर छ | मानव-प्रकृति सम्बन्ध सधैँ अस्पस्ट छ , प्रकृति दुबै प्रदाता र दुश्मनको रुपमा देखिन्छ | न्यूटनले हरेक क्रिया को प्रतिक्रिया हुन्छ भनेजस्तै मानिसले गर्ने कामले कुनै न कुनै रुपमा प्रकृति लाइ राम्रो अथवा नराम्रो असर गरिरहेकै हुन्छ | मानव जातिको अस्तित्वका निम्ति प्रकृति अनिवार्य चिज हो | यो जाति अस्तित्व मा आए देखि नै बिभिन्न रुपमा प्रकृतिलाई दोहन गरिरहेकै छ | फल स्वरूप प्रकृति ले पनि मानव जाति को क्रिया को बदलामा बिभिन्न कालखण्डमा प्रतिक्रिया जनाइरहेकै हुन्छ | त्यहि प्रतिक्रिया को फल अहिले सारा संसारले कोरोना भाइरसको नाममा पाइरहेको छ | बिश्वनै कोरोना भाइरस बाट आक्रान्त भैरहेको अवस्था छ | ५० लाख भन्दा बढिनै अहिले यो भाइरस बाट संक्रमित छन् र कैयौको देहान्त पनि भैसकेको छ | हाम्रो देश नेपाल पनि यो भाइरस बाट अछुतो छैन | गरिबीको रेखामुनि रहेको आम्रो सुन्दर देश अहिले कोरोना नामक भाइरस संग जुधिरहेको अवस्था छ |

 

“जनताका बीच लोकप्रिय हुने अवसर दिनहु दिन सरकारले गुमाइरहेको अवस्थामा सम्पूर्ण प्राइभेट अस्पतालहरु

रास्ट्रियकरण गरेर फेरी लोकप्रियताको शिखर चुम्ने कि”

 

देश मा दुइ तिहाइ को कथित कम्युनिष्ट सरकार छ | विकास निर्माण का काममा खासै दखल दिन नसकेको सरकार यो महामारीलाई पाखा लगाउन बिगत दुइ महिना देखि लकडाउनमा छ | मानव जातिकै अस्तित्व समाप्त हुने डर पनि कायम नै छ | त्यहि बेला अचानक कम्युनिष्ट सरकार बाट कोरोना परिक्षण गर्ने मन भएकाहरुलाई सशुल्क उपलब्ध छ भन्ने सुचना सुनिन्छ | यहा दैनिकी ज्याल्दारी गरेर खाने श्रमिक वर्ग भोकमरीको चपेटामा परिरहेकै बेला त्यस्तो निर्णय सुनिनु कतै प्राइभेट अस्पताल हरुलाई भरण पोषण गर्नैका लागि त होइन भन्ने सजिलै आकलण गर्न सकिन्छ | भोलिका दिन मा प्राइभेट अस्पताल मा छिर्न अनिवार्य कोरोना टेस्ट गर्नुपर्ने नियम यी मेडिकल माफियाहरुले नल्याउलान भन्न सक्ने अवस्था पक्कै पनि रहेन | धनि वर्गका लागि त राम्रै होला तर ऋणको खाल्डोमा पर्ने त तिनै श्रमिक वर्ग नै हुन् | कतै कम्युनिष्ट सरकारका मान्छे कमाउनिष्ट धन्दामा त लागेका होइनन , कतै तिनको साठ गाठ मेडिकल माफियाहरु संग त छैन ,अवस्यपनि सोचनीय कुरा देखिन्छ |

नेपालको संबिधानमा पनि प्रस्टै संग समाजबाद मा जाने भन्ने त उल्लेख छ तर दलाल पुजीपतिहरु संघको मिलनले हामीलाई कथित समाजबादमा पुग्न देला त ? अवस्य पनि दिदैन | जनताका बीच लोकप्रिय हुने अवसर दिनहु दिन सरकारले गुमाइरहेको अवस्थामा सम्पूर्ण प्राइभेट अस्पतालहरु रास्ट्रियकरण गरेर फेरी लोकप्रियताको शिखर चुम्ने कि | रास्ट्रियकरण गर्ने त भनियो ,त्यो संगै एउटा नया मुद्धा को उठान हुन्छ | नेपालमा भएका धेरै निजि अस्पताल , निजि मेडिकल शिक्षण संस्थामा अधिकांस सरकारी पार्टी डबल नेकपा कै नेता हरुका छन् | के हिम्मत गर्ला त सरकारले | यदि सरकारी करण गर्ने हिम्मत राख्छ भने ऐतिहासिक कदम हुने मा दुइ मत छैन | पुजीबादी व्यवस्थाको बढ्दो क्रमको बिकास र एसको प्रभाब अधिक र अधिक सामाजिक विनासकारी हो भन्ने कुरा फेरी पनि यो भाइरसले साबित गर्दै आइरहेको छ | नबउदारबादी अर्थतन्त्र र एसको पुजीबादी व्यवस्था बाट संसार ले बिदा चाहिराको बेला सबै निजि अस्पताल हरु र एसको स्वामित्व सरकारले लियमा बिश्वभरि नै एउटा समाजबादी कार्यक्रमको राम्रो नमुना पेश गर्थ्यो | आशा छ सरकारले यो ऐतिहासिक पहलकदामी लिन ढिला गर्ने छैन |

तपाईंको प्रतिकृयाहरू

error: Content is protected !!