-नबिन थापा ” नूतन “
कोभिड १९ अर्थात कोरोना भाइरसले शिक्षा प्रणालीलाई यसरी आक्रान्त पार्छ भनेर विश्व समुदायले न सोचेको थियो न त तयारी अवस्था मा थियो नै ,अझ मुख्य रुपमा बिश्वका विद्यार्थी, शिक्षक र अभिभाबकहरु जसले प्रत्यक्ष रुपमा यो सहनु पर्छ भनेर कल्पना समेत गरेका थिएनन। कोभिड १९भाइरस भन्दा पहिले शिक्षा र सामाजिक अन्तर्क्रिया को अवसर धेरैको पहुँच थियो तर प्रकोप को संक्रमण सगै धेरै देशहरुले अनलाइन कक्षा मार्फत विद्यार्थीहरु लाई पढाईरहेका छन । विकसित देशहरु को लागी यो अगाडी कै अभ्यास थियो जसका कारण अहिले सफल पनि भएका छन तर हाम्रो जस्तो देशमा यसको प्रभाबकारीता मा प्रश्न उठेको छ । अगाडिका महामारीले शैक्षिक प्रणालीलाई अहिले जस्तो चुनौती दिएका थिएनन्, त्यसै ले पनि कोभिड १९महामारीले गर्दा शिक्षा क्षेत्र मा नयाँ अवसरहरू सिर्जना गर्न विश्व लाई नै वाध्य बनाएको छ साथै कसरी शिक्षामा सुधार गर्न सकिन्छ र कसरी विद्यार्थीहरूको लागि पुन त्यही अवस्थामा ल्याउन सकिन्छ भनेर नयाँ विचारहरू समेत ल्याउने छ । धेरै टेक्नोलोजी कम्पनीहरूले शैक्षिक फोरमहरूसँग साझेदारी गर्दै अनलाइन उपकरणहरू, भिडियोहरू, र पाठहरूमा निःशुल्क पहुँच र सेवाहरू प्रदान गर्न लागी परेका छन ।
आज का दिनमा अनलाईन शिक्षा अहिले धेरै नै लोकप्रिय हुँदै गैरहेको छ । अनलाईन शिक्षामा अहिले धेरै देशहरु ले आफ्नो प्र्यास जारी राखेका छन संयुक्त राज्य अमेरिका ,भारत्, चिन , सोउथ कोरिया र मलेशिया अनलाईन शिक्षा दिने देश मा क्रमस मुख्य पाँच भित्र पर्दछन । हाल को कारण संसारभरका बिद्यालयहरु बन्द भएका छन। युनेस्को को अनुसार अहिले विश्वब्यपी रुपमा १.२ अर्ब भन्दा बढी विद्यार्थीहरु कक्षा कोठा भन्दा बहिर रहेका छन यसले ठुलो असर शिक्षा क्षेत्रमा मा पर्दै गएको छ फल्स्वरुप बिभिन्न राष्ट्र तथा शैक्षिक सरोकर वालाहरु लाई नराम्रो सँग झस्काएको छ ।
के हो त अनलाइन शिक्षा ?
समान्य रुपमा भन्नुपर्दा अनलाईन शिक्षा एक प्रकार को दुरशिक्षा हो जसमा मुख्यतया इन्टरनेटका माध्यम बाट अन्तर्क्रिया गरिन्छ जहाँ लचिलो तालिका र व्यक्तिगत अन्तरक्रिया कम हुन्छ । अनलाईन शिक्षा भर्चुअल लर्निंग, साइबर लर्निंग, ई-लर्निंगको साथ परिपुरक हुन्छ । भर्चुअल शिक्षा एसिन्क्रोनस वा सिंक्रोनस दुइ तरिका बाट गर्न सकिन्छ । सिंक्रोनस प्रणालीमा सहभागीहरू वास्तविक समयमा भए जसरि भेट्छन, शिक्षकले भर्चुअल कक्षा कोठाहरूमा प्रत्यक्ष कक्षाहरू सञ्चालन गर्छन। एसिन्क्रोनस स्रोतहरू सबै उस्तै हुन्छन सिन्क्रोनस जस्तै, तर प्रत्येक विद्यार्थीहरु आफ्नो आफ्नो ठाउँ बाटै सिक्छन।
भर्चुअल शिक्षाको अबधारणा मा विद्यार्थी र शिक्षक लाई अनलाइन माध्यम बाट एक सिंक्रोनस वेब एप्लिकेसन द्वारा एकै ठाउँमा समेटन सकिन्छ । शिक्षकले आफ्नो प्रस्तुती भिडियोहरू, पावरपोइन्ट वा च्याटिंग मार्फत प्रस्तुत गर्छन । यहाँ विद्यार्थीहरू अन्य विद्यार्थी तथा शिक्षकसँग कुरा गर्न सक्छन साथै एक अर्काको प्रश्नहरूको उत्तर साथ सहकार्य गर्न सक्छन। उनिहरु अनुप्रयोग मार्फत उपलब्ध उपकरणहरू प्रयोग गर्न सक्दछन् साथै सन्देश पठाउन वा शिक्षक वा विद्यार्थी प्रस्तुतकर्ताले दिएको स्क्रीनमा प्रश्नहरूको उत्तर दिन सक्नेछन्। त्यस्तै दुर , ब्लेन्डेड , इ-लर्निङ ,एम -लर्निङ पनि अनलाईन शिक्षाका प्रकारहरु मा पर्दछन ।
एम-लर्निंग एउटा नयाँ शैक्षिक उदाहरण हो जहाँ विद्यार्थीहरूले जुन कुनै पनि समय र ठाउँमा कोर्स सामग्री, निर्देशन र एप्प्लिकेसन मा पहुँच कायम गर्दछन । शिक्षामा मोबाइल लर्निंग (एम-लर्निंग) प्रविधिहरूको प्रयोग दूरी शिक्षामा मुख्य लक्ष्यहरू प्रदान गर्न आवश्यक प्रविधिहरूको सबैभन्दा महत्त्वपूर्ण हो। डाटा ट्रान्सफर, डाटा सुरक्षा र अनलाइन संचार लगायत बिभिन्न प्रविधिहरू विकसित भैसकेका छन । मोबाइल टेक्नोलोजीमा र मानिस हरु को उपयोगमा रुचि बढाइयो भने मोबाइल प्रविधिको प्रगति हुन्छ र यसले व्यक्तिहरूको आवश्यकताहरू छिटो पूरा गर्न मद्धत गर्दछ । मोबाईल टेक्नोलोजीहरूको विकास र द्रुत्त गतिमा चलिरहेको फैलावटले मोबाइल शिक्षा (एम-लर्निंग) को रुचि एकातिर जगाएको छ भने अर्को तर्फ शिक्षाको हरेक क्षेत्रमा अहम भूमिका खेल्नेछ ।
के अनलाइन शिक्षा हाम्रो देशमा प्रभावकारी छ ?
नेपालमा इन्टरनेट पहुँच दर ७२२% छ, जसमध्ये ५५% को ताररहित सेवा र १७% वायरलाइन इन्टरनेटमा पहुँच छ, र ९६% घरपरिवारले स्मार्टफोनमा पहुँच पुर्या।उँछन्। प्राय नेपालीहरु अहिले फेसबुक युटुब टिकटक मै इन्टरनेट खर्च गरिरहेका हुन्छन । कोभिड १९महामारीका कारण चैत्र ६ गते देखिनै देशभरिका सम्पूर्ण शैक्षिक संस्थाहरु ठप्प छन्। ७० लाख बालबालिकाहरु घरमै बसेका छन्। यो समय अनलाइन शिक्षा सुरु गर्ने उपयुक्त समय हो भन्नै धेरै ठाउँबाट आवाज उठिरहेको छ। बिकशित राष्ट्रहरुले अगाडी देखी अभ्यास गरेका ले अहिले सजिलो भएको छ तर हाम्रो लागि यो नयाँ थालनी भएको छ । तर के हाम्रो देशमा हालको अवस्थामा यो प्रभावकारी हुन्छ ? कुल विद्यार्थी मध्ये ८० प्रतिशत विद्यार्थीहरु सरकारी स्कुलमै पढ्छन्। निम्न आय भएका विद्यार्थीहरु सरकारीमा अध्ययन गर्छन् भने दूर दराजमा न त ईन्टरनेट पुगेको छ न त विद्यार्थीसँग आधुनिक मोवाइलनै छ। यस्तो अवस्थामा अनलाइन शिक्षा प्रभावकारी हुन्छ त ?
शिक्षा तथा मानव विकास स्रोत केन्द्रको तथ्याङ्क अनुसार सामुदायिक विद्यालयमध्ये १३ प्रतिशत विद्यालयमा मात्रै अनलाइन सञ्चालन गर्न सक्ने पहुँच छ । अनलाइनबाट नतिजा प्रकाशित, कक्षा सञ्चालन तथा पूर्वाधार भएका विद्यालयलाई अनलाइन सञ्चालन गर्न सक्ने विद्यालयभित्र राखिएको छ । हाल २८ हजारको हाराहारीमा सामुदायिक विद्यालय छन् । यस हिसाबले हेर्दा तीन हजार छ सय जति सामुदायिक विद्यालयमा मात्र इन्टरनेट प्रयोग हुने गरेको देखिन्छ । अनलाईन शिक्षा सन्चालन मात्र देखाउनको लागि मात्र गर्नु एउटा कुरा हो तर विद्यार्थीको मुल्यान्कन पनि त्यही अनुसार गर्न सकिएन त्यही पुरा नै ढर्राञको परिक्षा प्रणाली भए त्यस्को कुनै अर्थ हुने छैन । अहिले कतिपय बिद्यालय कलेजहरुले अनलाईन कक्षा सन्चालन गरेता पनि प्राय उनिहरु नै यो शिक्षको बारेमा अनविज्ञ छन । प्रबिधिक ज्ञान र सिप साधन बिनाको यो अनलाईन शिक्षाले खासै प्रभाब त पार्ने छैन तर पनि विद्यार्थी र शिक्षक लाई अनलाईन कक्षाका बारेमा केहि आधारभुत ज्ञान अबस्य जानकारी दिएको छ ।
राष्ट्रिय निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (एन प्याब्सन) ले दाङ, बाँके, मोरङ, झापा र सुनसरीका २५ वटा विद्यालयका अभिभावकसित हालै मात्र गरेको एक मिनी सर्वेक्षणमा जम्मा ३० प्रतिशत अभिभावकसित मात्रै यसको पूर्ण पहुँचमा रहेको आफूहरूले पाएको जनाइएको छ यस बाट के बुझिन्छ भने यी विद्यार्थी सँग मात्र अनलाइनका साथै कम्प्युटरको पहुँच छ ।
अनलाईन कक्षा सन्चालन का लागी कम्तिमा ३ जी ब्रोडब्याण्ड क्षमता (न्यूनतम २ एमबीपीएस गति प्रदान गर्न सक्दछ) को ईन्टरनेट आबस्यकता पर्दछ त्यो ग्रामीण ईलाकामा सम्भब नै छैन अनि सकिन्छ कसरी प्रभावकारी बन्ला त अनलाईन कक्षा ? कोभिड १९ले शिक्षा लाई आक्रान्त बनाएको अवस्था लाई मध्य नजर गर्दै सरकारले पाठ सिकेर अनलाईन शिक्षा लाई ब्यबस्थित गर्दै अनलाईन शिक्षा मा लगानी गर्न आबस्यक तयारी थाल्नु पर्छ । शिक्षा मन्त्रालयले पटक पटक अनलाईन शिक्षा का लागि रकमान्तरण गरेता ता पनि गती दिनकै निम्ती उक्त बजेट प्रयाप्त छैन किनकी नेपाल यस्तो देश हो जहाँ शहरी ईलाका भन्दा ग्रामीण ईलाकाहरु छन जहाँ ईन्टरनेट को त कुरै छोडौ कती ठाउँमा टेलिफोन सेवा समेत छैन । ग्रामीण ईलाकाहरुमा ईन्टरनेट को पहुँच बिस्तार गर्न राज्यले उच्च तह बाट एउटा बृहत खाका तयार पारेर काम गर्न आबस्यक छ ।
अर्को कुरा नेपालका दुरसंचार प्रदायक सस्थाहरु नेपाल टेलिकम , एनसेल ,स्मार्ट लगायतले विद्यार्थीको लागी बिशेष भूमिका खेल्न पर्छ जस्तै ग्रामीण ईलाका सम्म सेवा बिस्तार , विद्यार्थी को लागि बिशेस छुट ईन्टरनेट प्याकेज । यि लगायत नेपालमा ईन्टरनेट सेवा प्रदायक १६ वटा सस्थाहरु जस्तै वल्ड्लिंक, वेबसुर्फर, क्लासिटेक आदिले अहम भूमिका खेल्न सक्नु पर्छ तर त्यसको लागी सरकारी उपल्लो स्तर बाट नै पहल को जरुरी पर्दछ ।
एकातिर कोरोना भाइरसको माहामारी अर्को तिर लकडाउन समय , विद्यार्थीलाई खाना खान समस्या भैरहेको बेलामा इन्टरनेट सुविधा सहित स्मार्टफोन र ल्यापटप सहित अनलाइन कक्षाका लागि तयार गराउदा उनीहरु थप मानसिक रुपमा बिच्छिप्त हुने देखिन्छ बरु अहिले को अवस्था बाट पाठ सिकेर अनलाइन कक्षा र विधिका लागि पुर्वाधार, तालिम, सामाग्रीहरू शैक्षिक संस्था र विद्यार्थीहरूको पहुँचमा आउने गरि कार्यक्रमहरू अबका दिनमा राज्यले नै अगाडी बढाउनुपर्ने देखिन्छ । नेपालमा अहिले कै सन्दर्भमा राज्यका तीन ओटै तह ले सम्न्वय गरेर मोबाइल शिक्षा (एम-लर्निंग), रेडियो ,टेलिभिजन , टेलिफोन मार्फत कक्षा लिदा प्रभाबकारी हुने देखिन्छ । अनलाइन शिक्षा लाई औपचारिक पाठ्यक्रम वा कोर्स अगाडी नबढाएर विद्यार्थीको ब्यक्तित्व बिकास र विद्यार्थीलाई पढ्ने बानीको बिकासका रुपमा अगाडी बढाउन पहल गर्नु पर्दछ । केहि शैक्षिक सस्थाहरुले सिमित विद्यार्थीहरुलाई जबर्जस्त रुपमा नियमित पठनपाठनको माध्यम को रुपमा अनलाइन शिक्षा लाई अगाडी बढाइ रहेका छन समाजमा एक ले पढ्ने र अर्को ले हेर्ने अवस्थाको सृजना भयो र राज्यको ध्यान समयमै पुगेन भने राज्यलाई नै टाउको दुखाइको अवस्था हुने छ

तपाईंको प्रतिकृयाहरू

error: Content is protected !!