-अनुज काफ्ले
तात्विक अर्थ उस्तै भएपनि घरबेटी र घरमुली सामान्यतया नेपालमा दुइ छुट्टै परिवेशमा प्रयोग गरिने शब्दहरु हुन्। घरबेटी शब्द सहरबजारमा बढी प्रयोगमा छ भने घरमुली शब्द गाउघरमा। घरबेटी  भन्नासाथ पक्कै पनि घरमा डेरामा बस्ने मानिस छन् भन्ने अनुमान लगाउन सकिन्छ। घरबेटी र घरमुलीका आ-आफ्नै पहिचान पनि हुन्छन। घरबेटी अलि कडक स्वभावका हुन्छन् भने घरमुली अलिक नरम। सायद त्यो व्यवहारिकताले जन्माउने अस्थाई गुण होला। यो मेरो आफ्नै व्यक्तिगत धारणा हो सबै घरबेटी उस्तै स्वभावका हुदैनन् भन्ने तर्कको म सम्मान गर्दछु। डेरावाल भन्नाले त्यस्ता व्यक्तिलाई सम्बोधन गरिन्छ जसले कसैको घरमा कोठा र घरका अन्य सुविधा प्रयोग गरेवापत घरवालाले तोके बमोजिमको रकम समयान्तरमा तिर्दै जान्छ। कोहिले अग्रिम भुक्तानी गर्लान, केहिले महिनैपिचछे वा केहिले दुख सुख गुजारा टार्दै भएको बेलामा। कोहि आफन्त वा आफ्नो मान्छेलाई कोठामा बस्न दिएको छ र भाडा तिर्नुपर्दैन भने घर वालालाई घरबेटी भनिरहनु जरुरि पर्दैन। यहाँ  मैले घरवाला भन्दा पनि घरबेटी संग बढी चासो राखेर यसलाई हाल नेपालमा कोभिड-१९ का कारण सृजित अप्ठ्यारो परिस्थिति संग जोडेर केलाउने कोशिश गर्नेछु।

सबैलाई अवगत छ हालको महामारी र त्यसबाट उब्जित आम समस्याहरु। लामो समयको बन्दा बन्दिका कारण गाउमा बस्नेलाई भन्दा सहरमा बस्नेलाई बढी पिडा दिएको छ। यो भन्दै गर्दा गाउँमा बस्नेलाई चै केहि समस्या छैन भन्न खोजिएको पनि हैन केवल तुलना मात्र गरेको हो। गाउँका कृषकहरुको पिडा बिउ नपाउने, खेत बारीमा उब्जाएको तरककारीले बजार नपाएर कुहिएर जाने, दुध बिक्रि नभई कतै सित्तैमा बाड्नु परेका र पोख्नु परेका पिडा पनि छदै छन्। शहरमा बस्ने हरुमध्ये  पनि डेरावाला जो दैनिक ज्याला मज्दुरी गर्दै आफ्नो र परिवारको जीविका चलाइरहेका छन् तिनीहरु सबै भन्दा बढी पिडित भएका छन्। डेरा गरेर बस्ने विद्यार्थीहरु पनि लगभग यहि वर्गमा पर्दछन यदि उनीहरुको पारिवारिक आयस्रोतलाइ नजरअन्दाज गर्ने हो भने। खैर जे होस् धेरै जसो डेरावाल जो यो वर्गमा पर्दछन उनीहरुको पिडा सम्बोधन गर्न भन्दै १ महिनाको घर भाडा छुट दिनु भन्ने आग्रह सरकारले घरबेटीहरु समक्ष्य राखेको छ। सो वापत सरकारले घरबेटीलाई घर कर छुट लगायतका केहि सामान्य छुट दिने पनि भनेको छ। तर यदा कदा घरबेटीहरुले घर भाडा छुट दिन सकिदैन भन्ने गरेको सुनिदै आइएको पनि छ। त्यसैको असर होला हाल आएर डेरावालहरुले भाडा छुट पाइएन भन्ने गुनासो पोख्ने गरेको समाचारहरु सुन्नमा आउदै छन्। घरबेटीहरुले आफ्ना पनि माग छन् र हामी पनि यहि देशका नागरिक हौ हामीलाई चै सरकारले वेवास्ता गर्यो भन्ने आफ्नै गुनासा गर्ने गरेका छन्। समय विपरित अहिले नेपाली राजनीति र सरकार चुटेर भय पनि लुट भन्ने धारणामा अघि बढेको छ। मेलो पनि नलाग्ने र मियो पनि नथाम्ने गोरुको जस्तै अवस्थामा छ।
पछिल्ला केहि घटनाक्रमहरु यसका साक्षी हुन्। यहि अवस्थामा यी दुवैको बीचबाट समाधानको हैसियत र दृष्टिकोण सरकारले राख्न नसकिएको हो भन्ने कुरालाई पनि बल पुगेको छ। तर सरकारले सजिलो उपाय खोजेर आफु त्यसरी पन्छिन भने कदापि मिल्दैन। सरकारले नीतिगत र तथ्यगत हिसाबमा यो कुराको टुंगो लगाउनुपर्दछ ताकी वास्तविक पिडित डेरावालले छुट पाएर राहतको महसुस गरुन। सो बापत सरकारले घरबेटिका जाएज मागहरु पनि सम्बोधन गरोस। हुनत केहि मनकारी घरबेटिहरुले घरभाडा छुट दिने देखि लिएर जागिर सम्म दिलाइदिएका समाचारहरु पनि नआएका हैनन्। तर कुरा के हो भने सबै घरबेटी समान हैसियत राख्दैनन् अर्थात सबै घरबेटी धनि र सम्पन्न हुदैनन् भने सबै डेरावाल गरिव पनि हुदैनन्। कोहि प्रशस्त धनसम्पत्ति भएकाहरु पनि भाडामा बसेका हुन्छन भने कोहि सुख कटाउन भनि सकी नसकि पुर्ख्यौली सम्पत्ति र जायजेथा बेचेर र ऋण गरेर भय पनि जसो तसो सहर बजारमा घर बनाएर बसेका हुन्छन। घरभाडा नै उनिहरुको मुख्य आयस्रोत हुन सक्छ। अब यस्तोमा सरकारले दुवै पक्ष्यलाई समेट्ने गरि सम्बोधन गर्न गरुरी देखिन्छ। महामारीको यो समय सरकारले आफ्नो कार्यदक्ष्यता, पारदर्शिता र शुशासनको नमुना प्रस्तुत गर्दै जनताको मन जित्ने शुवर्ण अवसरको रुपमा प्रयोग गर्न सक्नु पर्दछ।

अब कुरा गरौ व्यवसायिक घरबेटी र व्यवसायिक डेरावालाको। व्यापारिक प्रयोजनाका निम्ति बनाइएका घर र तिनमा गरिएको व्यवसायको। व्यापार व्यवसाय भनेको प्रशष्त धन सम्पत्ति भाकाले मात्र गर्दछन भन्ने छैन ऋणमा पनि गरिएको हुन सक्छ वा भनौ यो समयमा सबैभन्दा जोखिमको क्षेत्र मध्ये एक हो व्यापार व्यवसाय। अब बन्दा बन्दीको यो समयमा हुदै नभाको व्यापारमा उसै पनि घाटा त छदै छ त्यसमाथि चर्को भाडा र ऋणको ब्याज तिर्नुपरेपछी धेरैको व्यापार धरासायी हुने निस्चित जस्तै छ। अनि लाखौ मूल्य बराबरका घरभाडा छुट दिन पनि घरबेटी लाइ समस्या हुने कुरा नकार्न सकिन्न। सरकारले तिरिदीन सक्ने हैसियत त यसै पनि राख्दैन। अब यस्तोमा सरकारको समन्वयकारी भूमिका अति नै महत्वपुर्ण हुन्छ। कसरि हुन्छ बिचको बाटो निर्धारण गरिदिने र पिडितलाई नागरिकको दुखमा सरकारले हेर्छ भन्ने भरोसा जगाउने। यसले सरकार र देश दुवैलाई राजनीतिक तथा आर्थिक फाइदा पुग्छ नै। तर बिडम्बना यसको लागि सरकारले आफ्ना योजना तथा क्रियाकलापहरु अगाडी सार्दै जानु पर्ने हो जुन देख्न र सुन्न पाईयको छैन। सबै कुरा भगवान भरोसामै चल्ने गरेको थियो अब पनि चल्छ भने जस्तो सरकारी उदासिनताले निरन्तरता पाईरखिएकोछ।

घरबेटी र डेरावालको सामन्जस्यतापपूर्ण सम्बन्धले नै सहरलाई पूर्णता र श्रीङ्गार दिएको हुन्छ। घरबेटी र डेरावाल एक अर्काका परिपुरक जस्तै हुन् भन्दा अतियुक्ति नहोला। विश्वमै घरबेटी र डेरावाल नभयको यस्तो कुनै देश छैन होला। आफुलाई आवश्यक र पाएक ठाउँमा नहोला तर एक ठाउको डेरावाल अर्को ठाउको घरबेटी पनि हुन सक्छ। तसर्थ घरबेटीले पनि डेरावालालाई सोहि अनुरुपको सम्मानित व्यवहार गर्नु जरुरि हुन्छ। इज्जत र सम्मान धनलाई हैन मन विचार र कर्मलाई गर्नुपर्दछ। घरबेटीहरुलाई सरकारको  निर्देशन पश्चात अहिले कतिपय ठाउमा घरबेटी र डेरावाला बिचको सम्बन्ध चिसियको पनि हुन सक्छ भने यसले भविष्यमा सामाजिक कलह ननिम्तेला पनि भन्न सकिन्न। धन भनेपछि महादेवको त त्रिनेत्र खुल्छ भन्ने उखान नेपाली समाजमा प्रख्यात नै छ तसर्थ एउटै परिवार जसरी दुख सुखमा साथ दिदै बसेका घरबेटी र डेरावालाको सम्बन्धमा दरार नआओस भन्ने कुरामा सरकारको बेलैमा ध्यान जान जरुरि देखिन्छ।

विपदको यो समयमा सामाजिक सद्भाव र सहिष्णुता कायम राख्न सबैले आ- आफ्नो ठाउबाट सहयोगी भूमिका निर्वाह गर्नुको विकल्प छैन। महामारीले विश्वकै मानिसहरुलाई त एकताको सुत्रमा बाध्न सक्दो रहेछ भने हामि नेपाली त एउटै घरका परिवार हौ हामी पनि जुटौ र महामारीलाई परास्त गरौ।

तपाईंको प्रतिकृयाहरू

error: Content is protected !!