रोग लगाउने फैलाउने र महामारी नै निम्त्याउने लाखौ लाख किसिमका सुक्ष्म जीवहरु प्रकृतिमा सुषुप्त अवस्थामा रहेका हुन्छन । ति कहिले सक्रिय हुन्छन र कति भयानक हुन्छन भन्ने पूर्वानुमान लगाउने हालसम्म कुनै यन्त्र बनेको छैन। तसर्थ महामारी मानव जातिको वशमा हुदैन खालि यसलाई नियन्त्रण मात्र गर्न सकिन्छ। कोभिड-१९ का कारण विश्वभर बन्दा बन्दि हुनु, लाखौ संग्क्रमित हुनु र मृत्यु हुनुले यसलाई पुस्टि गर्दछ। ब्याक्टेरिया, भाइरस, प्रोटोजोवा यस्ता संक्रमण गराउन सक्षम शुक्ष्म जीवहरुमा पर्दछन।जस्मध्ये  ब्याक्टेरिया र प्रोटोजोवा एक कोषीय जीव हुन् भने भाइरस कोशिया जीव हैन । वैज्ञानीक भाषामा यसलाई अब्लिगेटोरी पारासाइट पनि भानिन्छ। अर्थात यो जीवित प्राणीको कोष भित्र मात्र सक्रिय हुन्छ भने बाहिर निर्जीव जस्तै।

विश्व इतिहास हेर्ने हो भने विश्वले कोभिड-१९ भन्दा पनि कहालीलाग्दा महामारीको सामना गरिसकेको देखिन्छ, जतिवेला विज्ञान र चिकित्सा क्षेत्रमा नगन्य विकास भयको थियो। तर आजको २१ औ शताब्दीमा विश्वले बिज्ञान र प्रविधिमा ठूलै फड्को मारिसकेको छ तथापि यस्ता महामारीले विज्ञान जगतलाई बेला बेला गिज्याउने गरेको छ। सायद यो प्रकृतिले मानव जातिलाई  दिने गरेको चेतना वा चुनौती दुवै हुन सक्छ। अहिले विश्व नै कोरोनाबाट आक्रान्त छ भने संसारभरका देशहरु यसलाई नियन्त्रण गर्न भनेर लागिपरेका छन्। विकसित देशहरु यस विरुद्धको खोप आविष्कार गर्न तर्फ होडबाजी गरिरहदा नेपालमा भने परिवेश अलि फरक छ।

नेपाल चिन र भारतको बिचमा अवस्थित एक भुपरिवेष्ठित देश हो। यो भनिरहदा के भूल्न सकिदैन भने कोभिड-१९ को संक्रमण हाम्रै छिमेकी देश चीनबाट फैलियको हो। त्यसको केहि समय पश्चात नै विश्व स्वास्थ्य संगठनले नेपाल लगायतका केहि देशहरुलाइ कोभिड-१९ को संक्रमणको अति जोखिम स्थानमा राखिसकेको अवस्था थियो। तर यसको ब्यवास्था गर्दै नेपाल सरकार आफ्नै ढंग बाट चलिरहेको थियो। नेपालमा पनि कोरोना भित्रिन नदिन बन्दा बन्दि गर्नु पर्ने जनदवाव सिर्जना हुदै गएपछी अन्तत अन्तिम अवस्थामा सरकारले विश्व स्वास्थ्य संगठन संगको छलफलपछी भन्दै भोलिपल्ट बाट शुरु हुदै गरेको एस इ इ परिक्षा स्थगित गर्दै बन्दाबंदी को प्रक्रिया अगाडी बढाएको हो जुन निर्णय ठिक भए पनि समय सान्दर्भिक भने पक्कै थिएन। हतारको अपरिपक्व निर्णय थियो। बन्दा बन्दि त भयो तर जसरी देश भित्रका राजनीतिक दलहरु र सरकार बिच महामारीका विरुद्ध लड्ने योजना र प्रतिबद्धता हुनुपर्ने थियो त्यो भने खास्सै देखिएको पाईएन। बरु एक पछी अर्को अराजनीतिक र असामयिक घटनाक्रमहरु विकास हुदै गए। नेपाल भ्रमण वर्ष २०२० पनि नागरिक दवावमै आएर मात्र स्थगीत गरियो। अझ मानविय समबेदना राख्नुपर्ने र जनताको भरपुर सेवा गर्नुपर्ने बेलामा स्वास्थ्य सामग्री खरिद प्रकरणमा अनिमियतता र भ्रस्टाचारका विविध काण्डहरु पनि मौलाए। अध्यादेस पनि जारि भयो जसलाई जनताले वेमौसमको बाजाको संज्ञा पनि दिए र अन्तत त्यो फिर्ता पनि भयो र अहिले नेपालमा कोरोनाको भन्दा राजनीतिक गर्मागर्मी चलिराख्या अवस्था छ। यस्ता घटनाक्रमले पनि नेपाली राजनीति जनताप्रति कति उत्तरदायी र जवाफदेही छ भन्ने कुरालाई पुस्टि गर्न पुग्यो।

विश्वका कोरोना संक्रमणबाट ग्रसित कैयौ देशहरु लगातारको बन्दा बन्दिबाट भविश्यमा पर्न सक्ने आर्थिक सामाजिक संकटलाई ध्यानमा राख्दै विभिन्न खालका नागरिक राहत कार्यक्रमहरु  ल्याई, योजना बनाउदै बन्दाबंदी लाई खुकुलो पार्दै गैरहेका छन् भने हाम्रो देश जहा हालसम्म ५५ को हाराहारी मा संक्रमित भैं कसैको पनि ज्यान नगएको सामान्य अवस्थामा पनि यथास्थितिमा बन्दा बन्दि लाई निरन्तरता मात्र दिईराख्या अवस्था छ। मानौ सरकारसंग योजना बनाउने कुनै फुर्सद नै छैन। नागरिक राहत वितरण पनि सन्तोषजनक छैन भने राहत मा पनि भ्रस्टाचारको आरोप पनि लाग्दै आइरखेको अवस्था छ। हाल शिक्षा क्षेत्र सबै भन्दा प्रभावित र चासोको विषय बनेको छ नेपालमा। त्यसमा पनि अनलाइन कक्षा त्यसको सम्भावना, व्यवहारिकता, सहजता र  प्रभावकारिता अध्ययन नगरिकनै विद्यार्थीलाई अनलाइन कक्षका निम्ति तयार रहन दबाब दिई रहेका  छन् ।देशकै गन्यमान्य शैक्षिक सस्थाहरु जसको अनुकुल वा प्रतिकुल असर भविष्यमा देखिने नै छ।

आम नेपाली जनमानसको कुरा गर्ने हो भने यस्तो प्रतिकुल अवस्थामा पनि नेपालीहरु सारै भलाद्मी सावित भयको पाइयो। बन्दा बन्दिको पालना अनुशाशित ढंगबाट गरिरहेका छन्। यद्ध्यपी गाउँबाट शहर आई  दैनिक ज्याला मजदुरी गरेर खानेलाई भने बन्दा बन्दिले समस्या नै निम्त्यायो। कैयौ मानिसहरु अनेकौ दुख झेल्दै हप्ता दिन सम्म हिडेर आफ्नो गाउ गएको पनि पाइयो। सकारात्मक कुरा के आभास भयो भने बन्दा बन्दि ले अहिले गाउका बर्शौ देखिका बाझा जमिनले फेरी उर्वर हुने मौका पाएका छन् भने मानिसहरुलाई गाउको महत्व पनि यहि महामारिले पुनरअवगत गराएको छ।

विज्ञान र प्रविधिमा त हामी धेरै पछाडी छौ। सरकारसंग विज्ञान र प्रविधिलाई अगाडी बढाउने न त योजना छन् न त इच्छाशक्ति नै। लाग्छ नीतिगत स्थानमा पुगेका यसै क्षेत्रका महाबिद्द्वान वैज्ञानिकहरु नै नेपालमा यो क्षेत्रको विकास होस् भन्ने चाहदैनन्। यसर्थ आशा के गरौ भने अबको भावी नेपाली  समय नेपालमा विज्ञान र प्रविधिमय होस् नेपाली राजनीतिले सकारात्मक बाटो लिदै जाओस र देश र जनताको भलो होस्। विश्वले कोभिड-१९ बाट चाडै मुक्ति पाओस हामि सबैलाई शुभकामना।

लेखक :अनुज काफ्ले

तपाईंको प्रतिकृयाहरू

error: Content is protected !!