शूक्ष्मजीव विज्ञान अथवा अङ्ग्रेजीमा Microbiology नाङ्गो आँखाले देख्न नसकिने जीवहरूको अध्ययन गर्ने जीव विज्ञानको शाखा हो। यसमा एक कोशिय देखि बहुकोशिय परजीवी, ढुसी, लेऊ, जीवाणु तथा विषाणुको सकारात्मक र नकारात्मक गुणहरुको  अध्ययन , परिमार्जनगरि मानबिय जीवन सैलिमा सरलता ल्याउने प्रयास गरिन्छ । यस सुक्ष्मजीव विज्ञान भित्र विभिन्न बिधा भएनी मुलतः मेडिकल सुक्ष्मजीव बिज्ञान , जनस्वास्थ्य एबम बातावरण सुक्ष्मजीव विज्ञान , खाध्य जीव सुक्ष्मजीव विज्ञान र कृषि सुक्ष्मजीव विज्ञानलाई अलि महत्व दिएको पाइन्छ।१६७४ मा होल्यान्डका जीव विज्ञानज्ञ्याता / बाइलोजिस्ट  एन्टोनी भान लिवन्ह्वुक ले   आफ्नो माइक्रोस्कोपको प्रयोग गरेर  मानिस तथा जनावरको दिसाबाट विभिन्न जिबाणु ,  परजिबी protozoa,… filamentous fungi and globular bodies लाई  single boconvex lens बाट ठूलो आकार  गराएर देखिए पछि सन  १६८३ मा रोएल सोसाइटी अफ लन्डनमा  पत्राचार गरेपछी  सुक्ष्म जीव विज्ञानकाे अध्यनको आधार तयार भएको मानिन्छ। 

नेपालमा ११ बर्ष त्रि चन्द्रमा स्नातकमा माइक्रोबाइलोजी पढाएपछि सन १९९० देखि त्रिभुवन विश्व बिद्यालयको सेन्ट्रल डिपार्ट्मेन्टमा स्नातकोतर सुरुभो।यस बर्षको बिचमा ४ हजार दक्ष सुक्ष्मजीव बैज्ञानिकको तयार भैसकेका छ्न जस्मा मेडिकल सुक्ष्मजीव बिज्ञान, जनस्वास्थ्य एबम बातावरण सुक्ष्मजीव विज्ञान, खाध्य सुक्ष्मजीव विज्ञान र कृषि सुक्ष्मजीव  तयार भैसकेका छ्न भने देश भरीबाट  स्नातक र स्नातकोत्तरका  दक्ष बैज्ञानिकहरु तयार हुँदै छ्न ।  स्नातक  तहमा  चार बर्षको कोर्सबाट  प्रत्येक बर्ष  त्रिभुवन विश्वबिध्यालय का २५ कलेज र  त्रिभुवन विश्वबिध्यालय बाहिरका ८  कलेजबाट  लगभग  ७००  बिद्यार्थी , स्नातकोत्तर तहमा  र त्रि चन्द्र कलेज र  त्रिभुवन विश्वबिध्यालय र त्यस्का अाङगिक १0 कलेजबाट   दक्ष माइक्रोबाइलोजिस्ट  उत्पादन भैरहेका छ्न ।

अबसर :
सुक्ष्म जीव बैज्ञानिकको अाँखाले  नेपाललाई हेर्दा नेपाल एक जैविक बिबिधताले भरिएको कृषिप्रधान,जैबिक उधोग बिस्तारको सम्भावना बोकेको बिकास उन्मुख रास्ट्र हो।


कृषि क्षेत्रमा अवसर :
नेपाल कृषिप्रधान देश हो,  विश्व बैंकका अनुसार खाध्यान्न ,आयस्रोत र रोजगारीको प्रमुख  स्रोत कृषि र कुल ग्राहथ उत्पादन (GDP) को ३३% रहेको  छ।आधुनिक र बैज्ञानिक तरले खेती किसानी गर्ने नाममा  रासायनिक मलको अधिक प्रयोगले जमिनको उर्बरा शक्तिमा  कमि आइरहेको छ र यो क्रम जारी छ। माइक्रोबायोलोजिस्टले  आधुनिक अर्गानिक खेतीमा आफ्नो  दक्षता देखाउन सक्छन ।त्यसैगरी बायोफर्टिलाइजर र बायोपेस्टिसाइट  बनाउन र त्यसको प्रयोग गर्न सक्छ त्यतीमात्र  नभइ   नेपालको जनसख्या  तिब्र गतिमा बढिरहेको ( १.३%) ले  बढी रहेको बेला एक  एककोशिय प्रोटिन(single cell protien) : सुक्ष्म जीवबाट निकालिएको प्रोटिन ; जो कृषि क्षेत्रमा खेरा गएका बस्तुबाट निकाल्न सकिन्छ  जस्मा , ढुशीबाट(४०%-५५%)लेऊ(४०%-६०%), जीवाणु (५०%-६५%) बाट निकाल्न  सकिन्छ जुन मानवको स्वास्थलाई बढाउने खाद्य  र  जनाबरको लागि नि दिन सकिन्छ।  बनस्पतिहरुको बशाणु गुणलाई परिमार्जन गरेर नयाँ बढी उत्पादन हुने र  रोगबाट बच्ने खालको नयाँ प्रजातीको बनस्पतीको अविस्कार गर्न सक्छ। बनस्पतिमा रोगलाग्ने कारण पता लगाएर  र त्यसको दृर्घकालिन समाधानको बाटो देखाउन सक्छ्न । हाइड्रोफिलिक र एरियोफिलिक बनस्पति को  पनि खेती गर्न सक्दछ ।त्यसैगरी उत्पादन भएका  कृषिजन्य बस्तु तरकारी तथा फलफुलहरु गुणस्तर मापन तथा निरीक्षण गर्ने  पनि सुक्ष्मजीव  बैज्ञानिकको काम हो।

खाध्य सुक्ष्मजीव विज्ञान:
नेपाल एक बिकासको गतिमा अग्रसर रास्ट्र हो , नेपालामा विभिन्न खाद्य बस्तु अत्पादन  गर्ने  कारखानाहरु ( चाउचाउ , बिस्कुट   , पेय पदार्थ, जस्तै– कोकाकोला, फेन्टा, वियर तथा वाइन  ,डेरी उद्योगहरु छ्न र भबिस्यमा खुल्ने निस्चितप्राय छ । जनता सग प्रत्यक्ष सरोकार राक्ने  खाद्य  समाग्रीको उत्पादन गर्न  र  गुणस्तर मापन तथा निरीक्षण गर्न पनि  सुक्ष्मजीव  बैज्ञानिकको खाचो छ ।  मासु-जन्य वस्तुहरुको गुणस्तर मापन तथा निरीक्षण गर्ने पनि सुक्ष्मजीव बैज्ञानिकको काम हो। नेपाल सरकारकारको , खाद्य संस्थानमा, डेरि उद्योग , खानेपानी सस्थानमा पनि सुक्ष्मजीव बैज्ञानिकको अनिवार्य आबस्कता देखा परेकै छ।

मेडिकल सुक्ष्मजीव बिज्ञान:
औषधी कम्पनीहरुमा औषधीको गुणस्तर मापन तथा निरीक्षण गर्न देखि अस्पताल तथा ल्याबहरुमा खकार, रगत, पिसाब, दिसा, घाउहरुको नमुना परीक्षण गरी  रिर्पोट  निकाल्न  सुक्ष्मजीव बैज्ञानिकको आबस्कता पर्दछ । सुक्ष्मजीवको को बास स्थान  ( habitat) , आकार र  गुण  (morphology  and physology  ) वंशाणुको संरचना ( genetic structure) को ज्ञाता सुक्ष्मजीव बैज्ञानिक भएकाले खोप को निर्माण गर्न देखि अपराध अनुसन्धानका लागि कपाल, नङ्, कपडा, रगत, हतियार लगायतबाट डीएनएको नमूना परीक्षण गर्ने  अब्बल  जनशक्ति  भने को नै सुक्ष्मजीव बैज्ञानिक हुन ।

जनस्वास्थ्य एबम बातावरण सुक्ष्मजीव विज्ञान:

संक्रमणिय रोग सम्बन्धि विशेष विज्ञता भएको पब्लिक हेल्थ माइक्रोवायोलोजिष्ट नै हुन। रोगको प्रकृति, इतिहासको अध्ययन  अनि अनुसन्धान र त्यस्को नियन्त्रण अनि लेखाजोखा (exposure and dose response ) तुलना गरेर , रोग नियन्त्रणमा विशेषत सुक्ष्मजीव  बैज्ञानिकको  महत्त्व हुन्छ। कुनै पनि महामारिको समयमा सक्रमण फैलिएको ठाउँमा गएर रोग परिक्षण  गर्ने नमुनालाई त्यस्को गुणमा प्रभाव नपर्ने गरि सुरक्षीत प्रयोगशालामा ल्याउन पनि  माइक्रोबाइलोजिस्टको बिशेष महत्त्व रहेको हुन्छ । 

चुनौतीहरु:
नेपाल सरकारले खोज तथा अनुसाधनमा प्रयाप्त बजेट बिनियोजन नगर्नु  , बिश्वबिद्धालयबाट प्रयोगात्मक तथा गुणस्तरमा चासो  समय अनुसार जुन देखाउन पर्ने हो नदेखाउनु । राज्यबाट उत्पादन भएका जनशक्तिको सहि परिचालनमा राज्य र बिश्वबिद्धालयको सहकार्य नहुनु ।विषयबस्तु  मिल्ने बिधाहरु बिच सहकार्य भन्दा मपाइत्व प्राविधि हाबीहुनु , दक्ष जनशक्ति ब्यवस्थापन गर्न नसकेर पलायन  हुनु । पद तथा अहोदामा बसेकाले आफ्नो जिम्मेवारी पूरा नगर्ने र बिद्यार्थी र अनुसन्धान कर्ताले विषय बस्तुको गम्भीरता नबुझनु, आदि केही औल्याउन सकिने चुनौती हुन ।
राज्यले माइक्रोबाइलोजिस्को आबस्कता र चुनौतीलाई बुझेर माइक्रोबायोलोजिस्टलाई  बेलैमा परिचालन गर्न सके  देशले कृषि , बातावरण  जनस्वास्थ , मेडिकल स्वास्थमा र बायोटेक्नोलोजिको क्षेत्रमा उल्लेखनिय फड्को मार्न सक्छ  ।

लेखक : राजन भण्डारी , जनस्वास्थ सुक्ष्म  जीव विज्ञान , स्नातकोत्तर दितिय सेमेस्टर का विद्यार्थी हुन ।

तपाईंको प्रतिकृयाहरू

error: Content is protected !!