Quarantine  के हो?
Quarantine भनेको कुनै पनि रोग लागि सकेपछी वा शंका लागिसकेपछी  त्यस रोगको जिबणु र किटाणु अरु स्वस्थ मानिसहरुमा फैलन नदिन रोग नियन्त्रण गर्ने विभिन्न रणनीति मध्ये रोगका किटाणुहरु लाई  संरक्षक र गुणत्मक वृद्धि  गर्ने  माद्य्यम (controlling the Reservior) हो।  जस्मा रोग लागेका मानिसहरुलाइ अनावश्यक घुमफिर गर्ने , घर पालुवा जनावर  जस्को सामिप्यता मा रोगका किटाणु हरु बढ्ने र वृद्धि हुन्छ त्यसबाट रोक्ने  जस्ता क्रियाकलापहरु पर्दछ्न ।

Quarantine कहिले सम्म ?
कुनै पनि रोगका किटाणुन शरीर भित्र प्रवेश  सकेपछी त्यस रोगका किटाणुले शरीरको रोगसग लड्ने रोगप्रतिरोधात्मक क्षमतालाई कमजोर बनाएर बिभिन्न रोगको लक्षण देखाउने अधिकतम समय ( longest incubation period) लाई आधार मानेर निर्धारण हुन्छ । जस्मा विज्ञहरुले १४ दिन भनेका छन ।
self Quarantine :
कुनै पनि रोग बा महामारी भैलिएको अबस्थामा , त्यस रोग बाट पर्न सक्ने प्रभावलाइ नियन्त्रण गर्न आफुले गर्ने कृयाकलापहरु पर्दछ्न । जुन रोग र महामारी अनुसार फरक हुन्छ्न । कोरोना को सबालमा , यो रोग कोरोना भाइरसद्वारा  सर्ने भएकाले  यसको लागि विभिन्न कुरामा ध्यान दिनु पर्दछ ।

१ स्वास्थ स्वछ्न्दताका बिधि अपनाउने जस्तै : छुट्टै बाथरूम र शौचालयको प्रयोग गर्ने । यो सम्भव नभएमा प्रयोग गरेपछि बाथरूम र शौचालय आफैं सफा गर्ने ।आफू बस्ने कोठा आफैं सफा गर्ने ।. घरभित्र साझा रूपमा प्रयोग हुने ठाउँहरू जस्तै भान्सा, शौचालयमा आवातजावत कम गर्ने ।नियमित रूपमा आफ्नो हात साबुनपानीले मिचीमिची २० सेकेन्डसम्म धुने, हात नधोइकन आँखा, नाक र मुख नछुने । आफूले प्रयोग गर्ने गिलास, कप, खाना खान प्रयोग हुने भाँडा, तौलिया, रुमाल, ओछ्यान वा अरु सामान साझा प्रयोग नगर्ने ।. खोक्दा वा हाच्छ्यूँ गर्दा टिस्यु पेपर, रुमाल वा कुहिनाले छोप्ने नाकमुख छोप्ने । आफूले प्रयोग गरिएको टिस्यु पेपर, रूमाल, मास्क लगायतलाई छुट्टै फोहोर फाल्ने ठाउँमा फाल्ने । फालेपछि तुरून्तै कम्तिमा २० सेकेन्डसम्म हात साबुनपानीले मिचीमिची धुने ।

अनावस्यक रुपमा घरबाहिर ननिसक्ने
अति आबस्यक काम  बाहेक अरु कामको लागि घर बाहिर ननिस्कने अन्य व्यक्तिहरूसँगको प्रत्यक्ष सम्पर्क सकेसम्म कम गर्ने ।अरु व्यक्तिहरूसँगको सम्पर्कमा आउनु पर्दा कम्तिमा ६ फिटको दूरी राख्ने र अर्को व्यक्तिसँग एउटै कोठामा हुँदा र बाहिर  जाँदा मास्क लगाउने।

self Quarantine कहिले सम्म ?
त्यस रोग र महामारी को बारेमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका  तथा स्वास्थ्य आपतकालीन तथा विपद व्यवस्थापन ईकाईको आधिकारी धारणा र निर्देशन  सम्म

लेखक :
राजन भण्डारी 
पब्लिक हेल्थ माइक्रोबाइलोजी Msc दोस्रो सेमेस्टरका विद्यार्थी  हुन

तपाईंको प्रतिकृयाहरू

error: Content is protected !!