काठमाडौँ, पुस २६ (नेपालनीति)– पाल्पा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको एघारौँ बार्षिक साधारणसभा काठमाडौँ महानगरपालिका वडा २८ को सभाहल, पुरानो बसपार्कमा आज सम्पन्न भएको छ ।

डा. कृष्ण बहादुर थापाको अध्यक्षता तथा रुद्रनाथ बस्यालको प्रमूख आतिथ्यतामा बसेको संस्थाको साधारण सभाले बार्षिक कार्यक्रमहरुको समिक्षा गर्नुका साथै आगामी बर्षका लागि नयाँ सञ्चालक समिती समेत चयन गरेको छ ।

नवनिर्वाचित सञ्चालक समितीको अध्यक्षमा पिताम्बर बस्याल, उपाध्यक्षमा सीता बिष्ट कार्की, सचिवमा भुपेन्द्र ज्ञवाली, कोषाध्यक्षमा दधिराम पोख्रेल तथा सदस्यहरुमा कल्पना पछाई, देवेन्द्र नेपाल, राजिव न्यौपाने, मिरा शर्मा तथा श्रीधर आचार्य निर्वाचित हुनुभएको छ ।

त्यस्तै सभाले दुई सदस्यीय लेखा समिती समेत चयन गरेको छ जसमा विद्याराज पाण्डेको संयोजकत्वमा अशोक राना सदस्य चयन हुनुभएको छ ।

नवनिर्वाचित सञ्चालक समिती सदस्य श्रीधर आचार्यले नेपालनीतिसँग कुरा गर्दै भन्नुभयो, “वि.स. २०६५ सालमा स्थापना भएपछि संस्थाले निरन्तर रुपमा आफ्नो उद्देश्य अनुसारका कार्यहरु सफलतापूर्वक गर्दै आइरहेको छ र आज निर्वाचित समितीले पनि उक्त जिम्मेवारी कुशलतापूर्वक निभाउने छ ।”

संस्थाको ११ औँ बार्षिक साधारण सभामा सस्थाका पदाधिकारीहरु, सदस्यहरुका साथसाथै अथितिहरु थानेश्वर बस्याल, हिरा नेपाल, पदम न्यौपाने, हरि प्रसाद भट्टराई र घनश्याम न्यौपानेको उपस्थिति रहेको थियो । सचिव पिताम्बर बस्यालले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा उपाध्यक्ष सीता बिष्टले स्वागत मन्त्व्य राख्नुभएको थियो ।

तपाईंको प्रतिकृयाहरू

error: Content is protected !!