काठमाण्डौ , पुस २० (नेपाल नीति) – आइतबारदेखि देशभरिकै मौसममा सुधार आउने मौसमविद्ले बताएका छन् । पश्चिमी वायुको प्रभाव कमजोर हुँदै गएकाले आइतबार र सोमबार देशभरकै मौसम सामान्यतया सफा हुने मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो ।

अहिले काठमाण्डौसहित देशका केही ठाउँमा देखिएको कुहिरो पनि दिउँसोपछि हट्दै गएर घाम लाग्ने मौसमविद् मानन्धरले बताउनु भयो । सोमबार पनि सामान्यतया देशभरिकै मौसम सफा हुनेछ ।

नयाँ मौसमी प्रणाली अनुसार मङ्गलबारदेखि भने फेरि मौसम बदली हुने सम्भावना रहेको उहाँले बताउनु भयो । तर प्रणालीको असर कत्तिक्को पर्छ भन्ने बारे भने अहिल्यै भन्न नसकिने उहाँले जानकारी दिनुभयो ।

तपाईंको प्रतिकृयाहरू

error: Content is protected !!