काठमाडौं, चैत ३० – शुक्रबार बसेको संसद्को राज्य व्यवस्था समितिको बैठकलमा संघीय मामिला तथा मन्त्रालयका निमित्त सचिव सुरेश अधिकारीले कर्मचारी समायोजनपछि प्रदेश र स्थानीय तहमा करिब ३७ हजार कर्मचारी अपुग देखिएको बताएका छन् ।

उक्त बैठक समायोजनबारे देखिएका समस्याबारे छलफल गर्न बसेको थियो । करिब १२ हजार असन्तुष्ट कर्मचारी संघले खटाएको तहमा जान इन्कार गरेका छन् । यस विषयमा केही सांसदले सरकारले खटाएको ठाउँमा कर्मचारी जानै पर्ने भनेका थिए भने केहीले कर्मचारीलाई जबरजस्ति विभिन्न तहमा खटाइएको पक्रिया नै संघियता विरोधि रहेको बताएका थिए ।

नागरिक दैनिकबाट

तपाईंको प्रतिकृयाहरू

ताजा अपडेट