काठमाडौं, पुस २ (नेपाल नीति)-
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा अमेरिकाको इण्डोप्यासिफिक रणनीति र मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे बहस चलिरहेको छ ।

नेकपाको जारी स्थायी कमिटी सदस्यहरुले लगातार एमसीसी इण्डोप्यासिफिक रणनीतिकै अंग भएको दाबी गर्दै संसदबाट अनुमोदन गर्नु नहुने मत राख्दै आएका छन् । बुधबार पनि नेता रघुजी पन्तले यसबारे प्रश्न उठाए ।

तर अर्का स्थायी कमिटी सदस्य एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भने एमसीसीको बचाउ गरेका छन् । स्रोतकाअनुसार उनले यो इण्डो प्यासिफिक रणनीति (आईपीएस) को अंग नभएको दाबी गरेका छन् । ‘एमसीसी आईपीएसको अंग होइन, यसलाई अगाडि बढाउनुपर्छ भन्ने उहाँको जोड थियो’, एक स्थायी कमिटी सदस्यले भनेका छन् ।

उनले बेलायती गोर्खा सैनिकमा नेपाली महिलाहरुलाई भर्ना गर्न सरकारले अनुमित नदिएको पनि स्पष्ट पारे ।

तपाईंको प्रतिकृयाहरू

error: Content is protected !!