मंसिर ७ (नेपालनीति)–टी–१० लिगमा नेपाली क्रिकेट टिमका पूर्व कप्तान पारस खड्काको टिम आबुधाबीले सन्दीप लामिछानेको टिम कर्नाटका टस्कर्सलाई ३४ रनले पराजित गरेको छ ।

पहिले ब्याटिङ गरेको पारसको टिमले १० ओभरमा दुई विकेट गुमाउँदै एक सय २८ रन बनायो भने कर्नाटका १० ओभरमा ६ विकेट गुमाउँदै ९४ रनमा रोकियो । उसका लागि कुनै पनि खेलाडीले राम्रो खेल्न सकेनन् ।

जारी लिगमा पहिलो पल्ट बलिङमा मौका पाएका पारसले २ ओभरमा ३० रन दिएर एक विकेट लिए ।

तपाईंको प्रतिकृयाहरू

error: Content is protected !!