काठमाडौ, कात्तिक २६(नेपाल नीतिकाठमाडौं , कार्तिक २५ ( नेपालनीती) बढ्दो रक्त अभाव कम गर्ने उदेश्यका साथ युवा रेड्क्रस त्रि चन्द्र कलेजले रक्तदान कार्यक्रम मिति २०७६-७-२५ गते सम्पन गरेको छ ।बढ्दो रक्त अभाव कम गर्ने उदेश्यका साथ आयोजना गरिएको उक्त कार्यक्रममा कलेजका बिद्यार्थी , बिद्यार्थी नेता कलेज प्रशासन गरि २१ जना महिला र ५४जना पुरुष गरि जम्मा ७५ जनाले रक्तदान गर्नुभयो। सर्कलकि सचीव प्रतिमा पाण्डे भन्छीन , केन्द्रिय रक्तसञ्चार कार्यालयको सहयोगमा रक्तदान स्थलमै रक्तदान गर्ने रक्तदाताको ब्लड ग्रुप पनि आजै छुट्टाइ डोनर कार्ड पनि वितरण गरियो। यो त्रि चन्द्र रेडक्रसमा पहिलो पटक भएको र अघिल्ला कार्यक्रममा १ हप्ता पछिमात्र डोनरले काड पाउथे । साथसाथै आपतकालिन अवस्थामा रगतको उपलव्ध सजिलै उपलब्ध गराउने उदेश्यमा लागेको “हाम्रो लाइफ बैंक” को सहयोगमा डाटा डिजिटलाईजेसन को लागि रक्तदाताको डाटा पनि प्रवेश गरिएको थियो।कार्यक्रममा युवा सर्कलका पुर्व अध्यक्षहरु र पुर्व पदाधिकारीको पनि उपस्थिती थियो। आजको यस कार्यक्रमको संयजक यसै सर्कलकि कोषाध्यक्ष निकिता उपाध्याले नेपालनितीलाई जानकारी गराइन ।

तपाईंको प्रतिकृयाहरू

error: Content is protected !!