काठमाडौ, कात्तिक २२(नेपाल नीति)-
नेबिसघंका निवर्तमान अध्यक्ष एवं नेपाली कांग्रेस युवा नेता नैनसिहं महरले सरकार राष्ट्रीय अखण्डताको रक्षाका लागी राष्ट्रीय सम्वाद शुरु गर्नु पर्ने कुरा वताएका छन । नेपाल स्वास्थ्य कर्मी संघको सातौं महाधिवेशन उदघाटन कार्यक्रममा बोल्दै नेता महरले सरकार यदि सम्वेदनसील नहुने हो भने देशको अस्मिता र अखण्डता जोगाउन कांग्रेसले सर्वदलिय संवाद शुरु गरेर जनता जगाउनु पर्ने समय आएको महरको भनाई छ ।

लिपुलेक त्रिदेशिय सीमाक्षेत्रका सवालमा भारत र चीनले नेपाललाई कुनै जानकारी नदिई चोरबाटो बाट सम्झौँता गरेको कुराप्रति अन्धराष्ट्रवादका जगमा बनेको कम्युनिष्ट सरकारले चिनका राष्ट्रपति र भारतका प्रधानमन्त्री नेपाल आउँदा कुनै कुरा समेत उच्चारण गर्न नसक्नु गम्भीर र दुखद भएको , नेता महरले रुष्ट हुदैं भने ।
सरकारले राष्ट्रीय अस्मिताको बिषयमा धर्मराउनु न हुने र यस्तो गम्भीर परिस्थिति सवै पार्टी र जनता सरकारको साथमा रहेको महरले बताउनु भयो ।

नेता महरले शिक्षा र स्वास्थ्य पूर्णरुपले जनताको स्वामित्वमा ल्याए मात्रै उक्त बिषय जनताको पँहुचमा आउने बताए । वर्तमान सरकार निजी मेडिकल कलेज सञ्चालकको प्रभावमा परेर बिद्याथी बाट असुलिएरो थप शुल्क समेत फिर्ता गर्न सरकार भागीरहेको आरोप लगाए ।

तपाईंको प्रतिकृयाहरू

error: Content is protected !!