काठमाडौ, कात्तिक २१(नेपाल नीति)- कालापानी, लिपुलेक लगायतका नेपाली भूभाग लाई समेटेर भारतले गत शनिबार आफ्नो नक्सा सार्वजनिक गरेपछि नेपालमा यसको विरुद्ध विविध टिका टिप्पणी सुरु भएको छ। यसैबीच आज नेविसंघले भारतीय दूतावासमा पुगेर भारतले जारी गरेको नयाँ नक्सा प्रती विमती जनाउँदै विज्ञप्ति बुझाएको छ।नेविसंघका निवर्तमान केन्द्रिय सदस्यहरु प्रेम शाही, गीता गुरुङ र पदम भट्टराईको नेतृत्वमा दूतावास पुगेका विद्यार्थी नेताकार्यकर्ताहरुले राजदुतावासका प्रतिनिधिसँग भेटि आफ्नो धारणा राखेका थिए। उनीहरुले कालापानी, लिपुलेक ,लिम्पियाधुरा लगायतका क्षेत्र नेपालको भूभाग भित्र पर्ने भन्दै भारत सरकारले जारी गरेको नक्साका प्रती नेविसंघको गम्भीर ध्यानाकर्षण भएको बताए ।भारत को यस्तो गतिविधिले नेपाल र भारत बीचको भाइचाराको सम्बन्धमा तिक्तता आउने तर्फ सचेत गराउदै उनीहरुले भारत सरकारले तत्काल आफ्नो नक्सा नसच्याए यसको विरुद्ध अझै चर्को आन्दोलन गर्ने चेतावनीसमेत दिए।जवाफमा दूतावासका प्रतिनिधिले भारत र नेपाल को सम्बन्ध विश्वमै एक उदाहरण योग्य रहेको र भारत सरकारले यस विषयलाई गम्भीर रुपमा लिएको भन्दै सबैले धैर्यता र संयमता अपनाउनु पर्नेमा जोड दिएका थिए।

तपाईंको प्रतिकृयाहरू

error: Content is protected !!