काठमाडौ, कात्तिक १९(एजेन्सी)- नेदरल्यान्डसकी ओलम्पियन माडिया गाफुरलाई लागुऔषधको अवैध कारोबार तथा ओसारपसारको आरोपमा आवद्ध भएको पाइएको भन्दै आठ वर्षको जेल सजाय तोकिएको छ।

गाफुर २० लाख पाउण्ड बराबरको लागुऔषध सहित जर्मनीमा सिमानामा पक्राउ परेकी थिइन् ।

उनको साथबाट ५० केजी ट्याबलेट, २ केजी कृष्टल मेथ र झन्डै १२ हजार युरो बरामद गरिएको थियो।

गाफुरले भने आफू निर्दोष भएको र केल्भ जिल्ला अदालतको निर्णय विरुद्ध पुनरावेदन गर्ने बताइन् । उनले आफ्नो गाडीमा भएको सामान के हो भन्ने आफुलाई जानकारी नभएको बताइन् । साथीहरू र आफ्नो आफन्तलाई खतरा हुने भन्दै सामान कस्को भन्ने नखुलाउने उल्लेख गरिन।

तपाईंको प्रतिकृयाहरू

error: Content is protected !!